बीमा समितिले ४२ करोड रुपैयाँमा नयाँ भवन निर्माण गर्ने

काठमाडौं । बीमा समितिको नयाँ भवनको शिल्यान्यास गरिएको छ । बीमा समितिको केन्द्रिय कार्यालयमा सोमबार एक कार्यक्रमका बीच नयाँ भवनको शिलान्यास गरिएको हो ।
समितिको नयाँ भवनको शिलान्यास अर्थमन्त्री जनार्दन शर्मा र शहरी विकास तथा भवन निर्माण मन्त्री रामकुमारी झाँक्रीले संयुक्त रुपमा गरेका हुन् ।
बीमा समितिले भ्याटसहित ४१ करोड ९२ लाख ४७ हजार ९५२ रुपैयाँको लागतमा अत्याधुनिक नयाँ भवन निर्माण गर्ने भएको हो । समितिले बीमा नियमन प्रशासनिक भवन निर्माण गर्ने भएको हो ।
शहरी विकास तथा भवन निर्माण विभा र संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयाको सहयोगमा समितिले नयाँ भवन निर्माण गर्ने भएको हो । भवन निर्माण अवधि ३० महिनाको रहेको छ । समितिको नयाँ भवनको निर्माण कार्यको जिम्मा आशिष माउण्ट पुमोरी जेभीलाई दिईएको छ ।