राजुरमण पौडेलको अध्यक्षतामा पुनर्बीमा निर्देशन विषयमा अध्ययन समिति गठन, एक महिनाभित्र प्रतिवेदन बझाउनुपर्ने

काठमाडौँ । बीमा समितिले जारी गरेको पुनर्बीमा सम्बन्धी निर्देशनको विषयमा अध्ययन गर्ने भएको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको अध्यक्षतामा अध्ययन समिति गठन गरिएको छ ।
बीमा समितिले नेपाली पुर्नबीमा कम्पनीमा मात्रै पुर्नबीमा गराउने निर्णय गरेको थियो । बीमा समितिको उक्त निर्णयको विरोध गर्दै बीमा कम्पनीहरु असन्तुष्ट बनेका छन् । नेपाल बिमक सङ्घ, जीवन विमक सङ्घ कम्पनीका अध्यक्षहरूको संस्थाले संयुक्त रुपमा बीमा समितिले गरेको निर्णय सच्याउन माग गर्दै ज्ञापन पत्र बुझाएका थिए ।
बीमा समितिले दिएको निर्देशन हुबहु नै हुने बीमा समितिका कार्यकारी निर्देशक पौडेलले बताए । समितिले दिएका निर्णय हुबहु नै लागू हुने र त्यसमा कुनै कठिनाई भए अध्ययन गरेर सच्याउने पौडेलले बताए । उनले भने, “हामीले दिएको निर्देशन हुबहु नै हो, यसमा केही ब्यवहारिक कठिनाई छ भने कठिनाई फुकाउनका लागि अध्ययन समिति गठन गर्न भनेको हो । त्यसमा केही संसोधन हुँदैन ।”
बीमा समितिले आफैले जारी गरेको निर्देशनमा अध्ययन समिति गठन गरेको हो । नियमनकारी निकाय बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको अध्यक्षतमा सम्वन्धित महाशाखा हेर्ने ब्यक्ति सदस्य सचिव रहेन ब्यवस्था रहेको समितिले जनाएको छ । समितिमा निर्देशक शुशिलदेव सुवेदी रहेका छन् ।
त्यस्तै, निर्जीवन बीमा कम्पनीहरुको तर्फबाट दुई जना, जीवन बीमा कम्पनीको तर्फबाट एक जना, पुनर्बीमा कम्पनीहरुको तर्फबाट एक–एक जना प्रतिनिधि रहने गरी अध्ययन समिति गठन गरेको हो ।
उक्त अध्ययन समितिले एक महिनाभित्रमा अध्ययन प्रतिवेदन बुझाउनु पर्नेछ । बीमा समितिको उक्त निर्णय विरुद्ध बीमा कम्पनीसंबद्ध संस्थाहरूले विरोध गरेका छन् । बीमा समितिले नेपालमा रहेका पुर्नबीमा कम्पनीहरुसंग मात्रै पुर्नबीमा गर्न निर्देशन दिएको थियो ।