राष्ट्रिय बीमा संस्थानका कर्मचारीलाई बीना धितो १५ लाख रुपैयाँ ऋण

काठमाडौं । राष्ट्रिय बीमा संस्थानका कर्मचारीले बीमा धितो कर्जा पाउने भएका छन् । नेपाल बैंक लिमिटेडले राष्ट्रिय बिमा संस्थानका कर्मचारीहरुलाई बिना धितो १५ लाख रुपैयाँ सम्म कर्जा उपलब्ध गरउोन भएको हो । नेपाल बैंक लिमिटेडले राष्ट्रिय बिमा संस्थानको सिफारिसमा कर्मचारीहरुलाई बिना धितो सुलभ व्याजदरमा सेवाग्राहि कर्जा उपलब्ध गराउने भएको हो ।
नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले बैंक र राष्ट्रिय बिमा संस्थानबीच पुरानो सम्बन्ध रहेको बताउँदै सेवाग्राही कर्जाले कर्मचारीहरु लाभान्वीत हुने बताए ।
राष्ट्रिय बिमा संस्थानका प्रशासक कवि प्रसाद पाठकले नेपाल बैकले प्रदान गर्दै आएको सेवा सुविधाहरुको प्रसंसा गरेका थिए । कर्मचारीहरुलाई बीना धितो सेवाग्राहि कर्जा सुबिधा प्रदान गरेको प्रति पाठकले धन्यबाद ब्यक्त गरे ।