सूर्या लाइफका सीईओको वार्षिक आम्दानी ६९ लाख रुपैयाँ « Arthapath.com
२२ पुष २०७८, बिहीबार

सूर्या लाइफका सीईओको वार्षिक आम्दानी ६९ लाख रुपैयाँ



काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को वार्षिक आम्दानी ६९ लाख रुपैयाँ रहेको छ । सूर्या लाइफका सीईओले आर्थिक बर्ष २०७६–७७ मा तलव भत्ता तथा सुविधावापत ४७ लाख ३८ हजार ३ सय रुपैयाँ, प्रोत्साहन रकम वापत २१ लाख ३ हजार ७६३ रुपैयाँ र कर्मचारी बीमा वापत ५४ हजार २१४ रुपैयाँ गरी कूल ६८ लाख ९६ हजार २७७ रुपैयाँ बुझेका छन् । यो रकम तत्कालिन सीईओ शिवनाथ पाण्डेले बुझेका हुन् । प्रबन्धक र सो भन्दा माथिका पदाधिकारीले पारिश्रमिक, भत्ता तथा अन्य सुविधावापत २ करोड ५७ लाख १६ हजार ३६८ रुपैयाँ बुझेका छन् ।

त्यस्तै, आव २०७५–७६ मा सीईओले तलब तथा भत्ता ४४ लाख ८० हजार ५ सय रुपैयाँ, कार्य सम्पादनमा आधारित भत्ता ४ लाख ४९ हजार ५ सय रुपैयाँ र कर्मचारी बोनस (बोनस ऐन बमाजिम) १२ लाख ६७ हजार ६३६ रुपैयाँ गरी कुल रकम ६१ लाख ९७ हजार ६३६ रुपैयाँ बुझेका छन् । हाल कम्पनीको सीईओमा खड्का कार्यरत रहेका छन् ।

त्यस्तै, कम्पनीले संचालक समितिको बैठक भत्ता वापत १० लाख ७४ हजार रुपैयाँ, र मासिक भत्ता वापत ५ लाख ४ हजार रुपैयाँ लेखापरीक्षण तथा अन्य समितिलाई बैठक भत्ता वापत ७ लाख २६ हजार रुपैयाँ भुक्तानी गरिएको छ ।

आव २०७५–७६ मा सञ्चालक समितिका अध्यक्षलाई प्रतिबैठक ५ हजार ५ सय रुपैयाँ र सञ्चालकहरूलाई प्रति बैठक भत्ता ५ हजार गरी कुल बैठक भत्ता ८ लाख ११ हजार रुपैयाँ भुक्तानी गरिएको छ । प्रबन्धकस्तरसम्मका अन्य पदाधिकारीहरूलाई पारिश्रमिक, भत्ता तथा अन्य सुविधा वापत १ करोड ४० लाख ५४ हजार ३४५ रुपैयाँ भुक्तानी गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्