बीमा कम्पनीमा सीईओ रिक्त भएपछि ३ महिनाभित्र नियुक्त गर्न बीमा समितिको निर्देशन « Arthapath.com
२२ पुष २०७८, बिहीबार

बीमा कम्पनीमा सीईओ रिक्त भएपछि ३ महिनाभित्र नियुक्त गर्न बीमा समितिको निर्देशन



काठमाडौं । कुनै पनि बीमा कम्पनीमा ३ महिना भन्दा लामो सयम प्रमुख कार्यकारी अधिकृत विहीन राख्न नपाईने भएको छ । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकाको पहिलो संशोधन २०७८ जारी गर्दै बीमकमा प्रमुख कार्यकारी अधिकृतको पद रिक्त भएको अवस्थामा रिक्त भएको मितिले ३ महिनाभित्र नियुक्त गरिसक्न निर्देशन दिएको हो ।

पद रिक्त भएको लामो समयसम्म नयाँ नियुक्ति हुन नसक्दा बीमकको व्यवस्थापन तथा संचालनमा असर पर्ने भएकाले यस्तो व्यवस्था गरिएको समितिले जनाएको छ ।

जीवन बीमकको कुनै पनि संचालक वा कर्मचारीले आफू कार्यरत जीवन बीमा कम्पनीमा बढीमा ५० लाख रुपैयाँसम्मको जीवन बीमा गर्न पाउने भएका छन् । यसअघि संस्थागत सुशासन निर्देशिका २०७५ ले बढीमा २५ लाख रुपैयाँ सम्मको बीमांकको मात्र जीवन बीमा गर्न पाउने प्रावधान तोकेको थियो ।


प्रतिक्रिया दिनुहोस्