जीवन बीमा अभिकर्तालाई कर्जा नदिन बीमा समितिको निर्देशन « Arthapath.com
२२ पुष २०७८, बिहीबार

जीवन बीमा अभिकर्तालाई कर्जा नदिन बीमा समितिको निर्देशन



काठमाडौं । बीमा कम्पनीले जीवन बीमा अभिकर्तालाई प्रदान गर्दै आएको कर्ज अब दिन नपाउने भएका छन् । बीम समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकाको पहिलो संशोधन २०७८ जारी गर्दै बीमा अभिकर्तालाई कुनै पनि किसिमको कर्जा प्रवाह नगर्न र्दिेशन दिएको हो ।

जीवन बीमा लेखको सुरक्षणमा बिमितलाई कर्जा दिन वाहेक कुनै किसिमको कर्जा नदिन भनिएको छ । तर कर्मचारी सेवा शर्त विनियमावलीमा व्यवस्था भएबमोजिम बीमकले आफ्नो कर्मचारीलाई सापटी कर्जा दिन यस व्यवस्थाले वाधा नपुर्याएको समितिले जनाएको छ ।

अभिकर्तालाई कर्जा प्रदान गर्ने व्यवस्था बीमा व्यवसायमा अनुत्पादक हुने भएकाले सो हटाउन यो व्यवस्था गएिको बीमा समितिको भनाई छ ।

जीवन बीमकको कुनै पनि संचालक वा कर्मचारीले आफू कार्यरत जीवन बीमा कम्पनीमा बढीमा ५० लाख रुपैयाँसम्मको जीवन बीमा गर्न पाउने भएका छन् । यसअघि संस्थागत सुशासन निर्देशिका २०७५ ले बढीमा २५ लाख रुपैयाँ सम्मको बीमांकको मात्र जीवन बीमा गर्न पाउने प्रावधान तोकेको थियो ।


प्रतिक्रिया दिनुहोस्