सानिमा ‘धनपति’ जीवन बीमा योजना यस्तो छ फाइदा

काठमाडौँ । अधिकतम सुरक्षा सर्वोत्तम प्रतिफल भन्ने मूल नारासहित स्थापित सानिमा लाइफ लाइफ इन्सयोरेन्सले आफ्ना ग्राहकमाझ नयाँ बीमा योजना ल्याएको छ ।
सानिमा लाइफले ल्याएको थुप्रै नयाँ बीमा योजनामध्ये सानिमा धनपति जीवन बीमा योजना बजारमा सर्वाधिक रुचाइएको बीमा पोलिसि हो । यस योजनामा न्यूनतम ११ वर्षको उमेरमानै सहभागी हुन सकिन्छ ।
बीमा अवधि १२ वर्ष १५ वर्ष र २० वर्ष रहेको सो पोलिसिमा ७० वर्षसम्म यो योजनामा सहभागी हुन सकिन्छ । यस बीमाको पोलिसि लिनेले वार्षिक, अर्धवार्षिक र त्रैमासिक रूपमा बीमा शुल्क तिर्न सकिने व्यवस्था रहेको छ ।


यस बीमाको फाइदा बीमा गरेको ४ वर्ष देखीनै रकम भुक्तानी पाउन सकिनेछ । १२ वर्षे बीमा पोलिसि किनेका ग्राहकले पनि ४ वर्षमै २५ प्रतिशत रकम भुक्तानी लिन सकिने व्यवस्था रहेको छ ।