२१.०५३ प्रतिशत लाभांश पारित गर्न एलआईसी नेपालले बोलायो साधारण सभा, बुक क्लोज कहिले ? « Arthapath.com
१६ माघ २०७८, आईतवार

२१.०५३ प्रतिशत लाभांश पारित गर्न एलआईसी नेपालले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले आफ्नो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले १९ औं वार्षिक साधारण सभा फागुन ११ गते विहान ११ः१५ बजे एलआईसी शिक्षालय हल नक्साल काठमाडौंबाट भर्चुअल माध्यमबाट बोलाएको हो ।

कम्पनीको साधारण सभाले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५३ प्रतिशत नगद गरी कूल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७६–७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७–७८ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।

त्यस्तै, कम्पनीको हालको अधिकृत पूँजी तथा, जारी पूँजी र चुक्ता पूँजी बृद्धि गरी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ पुर्याउने प्रस्ताव समेत पारित गर्नेछ ।

संस्थापक शेयरधनीहरुको आफ्नो स्वामित्वमा रहेको कुल १० प्रतिशत संस्थापक शेयररलाई सर्वसाधारण शेयरमा परिवर्तन गर्ने र त्यसअनुसार प्रबन्धपत्र तथा नियमावलीमा पनि आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तयारी छ ।

साधारण सभा तथा लाभांश प्रयोजनार्थ कम्पनीले माघ २४ गतेदेखि फागुन ११ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले माघ २३ गतेसम्म नेप्सेमा कायम शेयरधनीले मात्रै कम्पनीको साधारण सभामा सहभागिता जनाउन र लाभांश पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्