नेपाल लाइफको नयाँ बोनस दर सार्वजनिक, कुन योजनामा कति बोनस ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले नयाँ बोसन दर बीमा समितिबाट माघ १३ गते स्वीकृत पाएको हो । कम्पनीले विभिन्न प्रकारका बीमा योजनाहरूको आर्थिक वर्ष २०७६–७७ को बोनस दर सार्वजनिक गरेको हो ।
कम्पनीले सावधिक बीमा योजनामा प्रति हजार न्यूनतम ६० रूपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनस दिने भएको छ । त्यस्तै, कम्पनीको सावधिक तथा आजीवन बीमा योजनामा प्रति हजार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनस दर तोकेको छ ।
कम्पनीले अग्रिम भुक्तानी बीमा योजनामा प्रति हजार न्यूनतम ५६ रुपैयाँदेखि अधिकतम ५८ रूपैयाँसम्म बोनस दिने भएको हो । यता कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमा योजनामा प्रति हजार ६० रूपैयाँ बोनस दिने भएको हो ।
