सूर्या लाइफको नाफा घटेपनि अन्य सूचक बढे, जीवन बीमा कोष ३५ प्रतिशत बढ्दा ईपीएस कति छ ? « Arthapath.com
२३ माघ २०७८, आईतवार

सूर्या लाइफको नाफा घटेपनि अन्य सूचक बढे, जीवन बीमा कोष ३५ प्रतिशत बढ्दा ईपीएस कति छ ?



काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद बीमा शुल्क आर्जन ३.८४ प्रतिशत बढेर ३ अर्ब १८ करोड ३० लाख ४७ हजर रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले खुल बीमा शुल्क आर्जन ३ अर्ब ६ करोड ५२ लाख १ हजार रुपैयाँ गरको थियो ।

चालु आवको ६ महिनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ७.७१ प्रतिशत बढेर २ अर्ब ५० करोड ११ लाख ५५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ३२ करोड २० लाख ३२ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

पौष मसान्तसम्ममा कम्पनीको खुद नाफा २२.१६ प्रतिशत घटेर १५ करोड ६६ लाख ५८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले २० करोड १२ लाख ७१ हजार रुपैयाँ खुद नाफा अर्जान गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको बीमालेख संख्या ६.४२ प्रतिशत बढेर ३ लाख ४७ हजार पुगेको छ । गत आर्थिक वर्षको सोही अवजधिमा ३ लाख २६ हजार रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको दाबी भुक्तानी १३.६२ प्रतिशत बढेर ४४ करोड ६० लाख ९१ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ३९ करोड २६ लाख ४ हजार रुपैयाा दाबी भुक्तानी गरेको थियो ।

कम्पनीको १ करोड ६६ लाख २० हजार रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको १ करोड ६५ लाख ९३ हजार रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको थियो ।

पौष मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी २ अर्ब ५५ करोड २ लाख ८२ हजार रुपैयाँ, जगेडा कोष ६८ करोड ९० लाख ४ हजार रुपैयाँ, जीवन बीमा कोष ३५ प्रतिशत बढेर १२ अर्ब ५७ करोड १७ लाख ५० हजार रुपैयाँ र जम्मा गर्न सफल भएको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड ५१ लाख ३८ हजार रुपैयाँ, जगेडा कोष ७२ करोड ८० हजार रुपैयाँ, जीवन बीमा कोष ९ अर्ब २८ करोड ८१ लाख २३ हजार रुपैयाँ रहेको थियो । कम्पनीको महाविपत्ति कोष १६ करोड ३३ लाख १९ हजार रुपैयाको रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको अभिकर्ता कमिशन ३१ करोड ५७ लाख २६ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको अभिकर्ता कमशिन आम्दानी २८ करोड ८२ लाख २ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ २९ पैसा रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ६८ पैसा रहेको थियो । कम्पनीको मूल्य आम्दानी अनुपात ६३.९९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ५३ पैसा रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्