निर्जीवन बीमा कम्पनीको १९ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन, अग्रस्थानमा शिखर, पछिपछि सगरमाथा र नेको इन्स्योरेन्स « Arthapath.com
२५ माघ २०७८, मंगलवार

निर्जीवन बीमा कम्पनीको १९ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन, अग्रस्थानमा शिखर, पछिपछि सगरमाथा र नेको इन्स्योरेन्स



काठमाडौं । चालु आर्थिक बर्षको ६ महिनामा निर्जीवन बीमा कम्पनीले १९ अर्ब रुपैयाँ भन्दा बढी कुल बीमा शुल्क आर्जन गरेका छ । चालु आर्थिक बर्षको पौष मसान्तसम्ममा २० वटा निर्जीवन बीमा कम्पनीले १९ अर्ब ९ करोड ८२ लाख ६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको बीमा समितिले जनाएको छ ।

चालु आर्थिक बर्षको ६ महिनामा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल बीमा शुल्क आर्जन गरेको छ । बीमा समितिको तथ्याङ्क अनुसार शिखर इन्स्योरेन्स कम्पनीले २ अर्ब ४३ करोड ८१ लाख ३६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनीले १ अर्ब ७२ करोड ९६ लाख ९४ हजार रुपैयाँ, तेस्रोमा नेको इन्स्योरेन्स कम्पनीले १ अर्ब ५८ करोड ३८ लाख ५० हजार रुपैयाँ, चौंथोमा सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १ अर्ब ३२ करोड ३४ लाख ७२ हजार रुपैयाँ र पाचौंमा एनएलजी इन्स्योरेन्सले १ अर्ब २० करोड ४ लाख ४२ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

सबैभन्दा कम कुल बीमा शुल्क आर्जन गर्नेमा सानिमा जनरल इन्स्योरेन्स कम्पनीले ४६ करोड ११ लाख ५३ हजार रुपैयाँ आर्जन गरेको छ । त्यस्तै, जनरल इन्स्योरेन्स कम्पनीले ४६ करोड ५५ लाख ४१ हजार रुपैयाँ, नेशनल इन्स्योरेन्स कम्पनीले ४७ करोड ७८ लाख ७९ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको बीमा समितिको तथ्याङ्कले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्