राष्ट्रिय बीमा कम्पनीको नाफा ४१.४२ प्रतिशत बढेसँगै ईपीएस ४२.६९ रुपैयाँ बढ्यो, अन्य सूचक कस्ता छन् ? « Arthapath.com
२७ माघ २०७८, बिहीबार

राष्ट्रिय बीमा कम्पनीको नाफा ४१.४२ प्रतिशत बढेसँगै ईपीएस ४२.६९ रुपैयाँ बढ्यो, अन्य सूचक कस्ता छन् ?



काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद नाफा ४१.४२ प्रतिशत बढेर १९ करोड ४३ लाख १५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १३ करोड ७४ लाख १ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा कम्पनीको खुद बीमा शूल्क आम्दानी ०.०९ प्रतिशत बढेर १२ करोड ८८ लाख ८९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १२ करोड ८७ लाख ७७ हजार रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको कूल बीमा शुल्क ३०.८९ प्रतिशत घटेर ५९ करोड ३५ लाख १४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ८५ करोड ८८ लाख ४४ हजार रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको थियो ।

६ महिनाको अवधिमा कम्पनीको खुद दावी भुक्तानी १४.७१ प्रतिशत घटेर १ करोड ९२ लाख ३६ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले २ करोड २५ लाख ५४ हजार रुपैयाँ दावी भुक्तानी गरेको थियो ।

कम्पनीको कुल दाबी भुक्तानी ३५५.९८ प्रतिशत बढेर २३ करोड ६ लाख २८ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ५ करोड ५ लाख ७८ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको थियो ।

पौष मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ, जगेडा कोष ६.८७ प्रतिशत बढेर ३ अर्ब २४ करोड ५६ लाख ७० हजार रुपैयाँ, बीमा कोष ९ प्रतिशत बढेर २ अर्ब ५२ करोड ७३ लाख ३८ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ४२ रुपैयाँ ६९ पैसा बढेर १४५ रुपैयाँ ७५ पैसा पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १०३ रुपैयाँ ६ पैसा रहेको थियो । कम्पनीको मूल्य आम्दानी अनुपात २५८.११ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३१७.२५ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्