शिखर इन्स्योरेन्सको नाफा सामान्य बढ्दा ईपीएस ७.४९ रुपैयाँ घट्यो « Arthapath.com
१ फाल्गुन २०७८, आईतवार

शिखर इन्स्योरेन्सको नाफा सामान्य बढ्दा ईपीएस ७.४९ रुपैयाँ घट्यो



काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ०.६६ प्रतिशत बढेर २४ करोड ३० लाख १० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले २४ करोड १४ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २.३८ प्रतिशत बढेर ७६ करोड २२ लाख ५५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ७४ करोड ४५ लाख २८ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ७.३० प्रतिशत बढेर ३९ करोड ८६ लाख ६६ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ३७ करोड १५ लाख ५७ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । यस अवधिमा कम्पनीले १५ हजार ३४६ दाबीबापत २ अर्ब ६० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।

पौष मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी २७.९४ प्रतिशत बढेर १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँ, जगेडा कोष २३.८५ प्रतिशत घटेर ७८ करोड ९२ लाख ६३ हजार रुपैयाँ, बीमा कोष २०.२६ प्रतिशत बढेर १ अर्ब ४१ करोड ६६ लाख ८४ हजार रुपैयाँ र महाविपत्ती कोष ४०.३२ प्रतिशत बढेर १३ करोड २३ लाख ८१ हजार रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ४९ पैसा घटेर २७ रुपैयाँ ६४ पैसामा सिमित भएको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३५ रुपैयाँ १३ पैसा रहेको थियो । कम्पनीको मूल्य आम्दानी अनुपात ६५.९६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३२ रुपैयाँ ९७ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्