बेष्ट फाइनान्सको २५ औँ वार्षिक साधारण सभा चैत ४ गते

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले आफ्नो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले २५ औँ वार्षिक साधारण सभा चैत ४ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान १२ः३० बजे बोलाएको हो ।
सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७–२०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७–०७८ को लेखापरीक्षकको वार्षिक लेखापरीक्षण प्रतिवेदन, वासलात तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु पारित गर्ने, आर्थिक वर्ष २०७८–०७९ को लेखापरीक्षण गर्नका लागि सञ्चालक समितिबाट गरिएको लेखापरीक्षकको नियुक्ती र पारिश्रमीक तोक्ने प्रस्ताव पारित गर्ने छ ।
त्यस्तै, फाइनान्स कम्पनीको सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ फाइनान्सले फागुन २० गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले फागुन १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले फाइनान्सको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
