हिमालयन रिइन्स्योरेन्सको नाफा १२ करोड ४७ लाख रुपैयाँ « Arthapath.com
२३ फाल्गुन २०७८, सोमबार

हिमालयन रिइन्स्योरेन्सको नाफा १२ करोड ४७ लाख रुपैयाँ



काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद नाफा १२ करोड ४७ लाख ८८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो त्रैमासमा कम्पनीले ४ करोड ७६ लाख ८० हजार रुपैयाँ खुद नाफा आफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षदेखि नै कम्पनीले आफ्नो व्यवसाय शुरु गरेकाले कम्पनीको चुक्ता पूँजी ७ अर्ब रुपैयाँ रहेको छ । रिइन्स्योरेन्सको जगेडा कोष १२ करोड ८९ लाख ३५ हजार रुपैयाँ रहेको छ । अघिल्लो त्रैमासमा कम्पनीको जगेडा कोष ५ करोड १८ लाख २७ हजार रुपैयाँ रहेको थियो ।
रिइन्स्योरेन्सको बीमा कोष ४८ लाख १२ हजार रुपैयाँ रहेको छ भने महाविपत्ती कोष ४ लाख ६० हजार रुपैयाँ रहेको छ ।

रिइन्स्योरेन्सको खुद बीमा शुल्क २९ करोड ९९ लाख ७५ हजार रुपैयाँ आर्जन गरेको छ भने खुद दाबी भुक्तानी ३० लाख २९ हजार रुपैयाँ गरेको छ । कम्पनीको कुल बीमा शुल्क आर्जन भने ३० करोड ५५ लाख ५८ हजार रुपैयाँ गरेको छ ।


प्रतिक्रिया दिनुहोस्