नेपाल इन्स्योरेन्स: सीईओ र सञ्चालक न्यौपानेको मिलेमतोमा धराशायी बन्दै, सञ्चालकलाई पनि गाडी सुविधा !

काठमाडौँ । विके महर्जन बीमा समितिले जारी गरेको संस्थागत सुशासन विरुद्ध नेपालको सबैभन्दा पुरानो कम्पनी नेपाल इन्स्योरेन्सको सिनियर डेपुटी सीईओ बनेका छन् । कम्पनीकाे सीईओ महर्जन र सञ्चालक रामहरि न्यौपानेको मिलेमतोमा कम्पनी धराशायी हुन लागेको छ ।
कम्पनीमा नयाँ नेतृत्वमा महर्जन आएदेखीनै बेतिथि बढ्न थाले पनि नियमनकारी निकाय बीमा समिति मूकदर्शक बनेर बसेको छ । नेपालको सबैभन्दा जेठो निर्जीवन बीमा कम्पनी गलत सञ्चालक र सीईओको हातमा पुगेपछि कम्पनी नै टाट फर्किने अवस्थामा पुगेको छ ।
कुनै बेला नेपाल बैङ्कको अवकाश कर्मचारीको भर्ती केन्द्रका कारण डुब्नै लागेको कम्पनी फेरी ओरालो लाग्न थालेको छ । नेपाल इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १.१२ प्रतिशत मात्रै बढाउन सफल भएको हो । कम्पनीले १० करोड ३८ लाख १५ हजार नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको तुलनामा खासै प्रगति गर्न नसक्नुमा कम्पनीलाई थप आर्थिक भार थोपर्न कामु सीईओ बिके महर्जन र सञ्चालक न्यौपानेको ठुलो हात रहेको छ ।
कुनै पनि बीमा कम्पनीको अध्यक्ष तथा सञ्चालकले कम्पनीको गाडी चढ्न पाउँदैन । तर नेपाल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकको रूपमा नियुक्त भएका राष्ट्र बैङ्कबाट रिटायर रामहरि न्यौपानेले यसअघि कम्पनीमा सीईओले चढ्दै आएको फोर्डको इकोस्पोर्ट बा १८ प २४५२ नम्बरको गाडी चढ्दै आएका छन् ।
स्वतन्त्र सञ्चालकले कम्पनीको गाडी रेगुलर चढ्नु कम्पनी ओरालो लगाउने नियत हो । गत साउनदेखि उनै सञ्चालकले कम्पनीको गाडी प्रयोग गर्दै आएका छन् । रामहरिकै जोड बलमा नेपाल इन्स्योरेन्समा कहीँ नभएको नियम सञ्चालकले पाउने बैठक भत्ता बाहेक नै मासिक १५ हजार एलाउन्स लिँदै आएका छन् ।
कम्पनीमा ६ महिनापछि सीईओ बन्ने गरी कामु सीईओको रूपमा भित्रिएका महर्जन बिमाको कुनै संस्थागत सुशासनले काम गर्न मिल्दैन । तर बीमा समिति लाइनै प्रभावमा पारेर कम्पनीमा बेतिथि निम्त्याइरहेका छन् । महर्जन आउने बित्तिकै सञ्चालक समितिलाई प्रभावमा पारेर सवा करोड भन्दा बढी मूल्यको हुण्डाई कम्पनीको टक्सन गाडी खरिद गरेका छन् । जबकि यसअघिका सीईओलाई ४० लाखको हाराहारीको फोर्ड कम्पनीको इकोस्पोर्ट गाडी चढ्दै आएका थिए ।
नेपाल इन्स्योरेन्सको केन्द्रीय कार्यालय हामा भवन कमलादीमा रहेको छ । हामा भवनमा यसअघि एक फ्ल्याट मात्र भाडामा रहेको थियो । आफ्नो कार्यालय बनाउन छाडेर महर्जनकै पहलमा फेरी १ तल्ला थप भाडामा लिएर कम्पनीलाई मासिक ५ लाख आर्थिक भार थपिएको छ । सो मात्रै होइन अफिस डेकोरेसनको नाममा सञ्चालक न्यौपाने र कामु सीईओले कमिसन खाएको कम्पनीकै कर्मचारीले बताएका छन् ।
कात्तिक ३ गतेसम्म प्रुडेन्सियल इन्स्योरेन्सको सीईओ रहेका महर्जन कात्तिक ५ गतेनै बीमाको संस्थागत सुशासनलाई लत्याएर बीमा समितिलाई प्रभावमा पारेर कामु सिनियर डेपुटी सीईओ बनेका छन् । उनको बैधानिकताको बारेमा नियनमकारी निकाय बीमा समितिसमेत मौन बसेको छ । यही चैत्र महिनामा सीईओ बन्नेगरी महर्जन लागेका छन् ।
त्यतीमात्रै होइन सञ्चालक न्यौपाने र कामु सीईओ महर्जनले कम्पनीमा रहेका कर्मचारीलाई सरुवा गरेर अनावश्यक दुःख दिनेदेखि नयाँ आफ्ना मान्छे भर्ती केन्द्र बनाएका छन् । बीमा कामका १ दर्जन कर्मचारी थपेर आफ्नालाई सहज हुने गरी सरुवा गरेपछि कतिपय पुराना कर्मचारी कम्पनी छोड्ने मुडमा रहेको बताएका छन् ।