पूँजी वृद्धिको योजना पेश नगर्ने यी कम्पनीलाई कारवाही गर्दै बीमा समिति, २४ कम्पनीले पेश गरे « Arthapath.com
१२ बैशाख २०७९, सोमबार

पूँजी वृद्धिको योजना पेश नगर्ने यी कम्पनीलाई कारवाही गर्दै बीमा समिति, २४ कम्पनीले पेश गरे



काठमाडौं । हालसम्म २४ वटा बीमा कम्पनीले मात्रै पूँजी बृद्धिको योजना बीमा समितिमा पेश गरेका छन् । नियामक निकाय बीमा समितिको निर्देशन अनुसार तोकिएको अवधिमा २४ वटा बीमा कम्पनीहरुले मात्रै पूँजी वृद्धिको योजना पेश गरेका हुन् ।

बीमा समितिले निर्देशन दिएको १ महिना भित्र १२ वटा जीवन कम्पनी र १२ वटा निर्जीवन बीमा कम्पनीले गरी कूल २४ वटा बीमा कम्पनीले मात्रै पूँजी वृद्धिको योजना पेश गरेका हुन् ।

बीमा समितिका अनुसार जीवन बीमा कम्पनीहरुमा सूर्या लाइफ, नेशनल लाइफ, एशियन लाइफ, महालक्ष्मी लाइफ, मेटलाइफ, एलआईसी नेपाल, सानिमा लाइफ, सिटिजन लाइफ, गुराँस लाइफ, रिलायन्स लाइफ, सन नेपाल लाइफ र आइएमई लाइफ इन्स्योरेन्सले पूँजी वृद्धिको योजना पेश गरेका हुन् ।

त्यस्तै निर्जीवन बीमा कम्पनीहरुमा सानिमा जनरल इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स र यूनाईटेड इन्स्योरेन्सले मात्रै पूँजी वृद्धिको योजना पेश गरेका हुन् ।

बीमा समितिका अनुसार १४ वटा बीमा कम्पनीहरुले समितिको निर्देशन अनुसार पूँजी वृद्धिको योजना पेश गरेका छैनन् । पूँजी वृद्धिको योजना पेश नगर्नेमा ६ वटा जीवन बीमा कम्पनी र ८ वटा निर्जीवन बीमा कम्पनीहरु रहेका छन् ।

जीवन बीमा कम्पनीहरुमा राष्ट्रिय बीमा संस्थान, प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्स रहेका छन् । त्यस्तै निर्जीवन बीमा कम्पनीहरुमा ओरियन्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनी रहेका छन् ।

बीमा समितिले गत चैत १० गते एक महिना भित्र बीमा कम्पनीहरुलाई पूँजी वृद्धिको योजना पेश गर्न निर्देशन दिएको थियो । जीवन बीमा कम्पनीले न्यूनतम ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई न्यूनतम २ अर्ब ५० करोड रुपैयाँ पूँजी पुर्याउनु पर्नेछ । एक महिना भित्र पुँजी वृद्धिको योजना पेश गरेका कम्पनीले एक वर्षभित्र अर्थात २०८० असार मसान्तभित्रमा समितिको तोकिएको पूँजी पुर्याउनु पर्नेछ ।

पूँजी वृद्धिको योजना पेश नगर्नेलाई कारबाही गर्ने बीमा समितिको तयारी छ । तोकिएको समयमा पूँजी वृद्धिको प्रस्ताव पेश नगर्ने कम्पनीलाई ऐन अनुसार कारवाही गरिने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । अधिकांश बीमा कम्पनीहरुले पूँजी वृद्धिका लागि पहिलो प्राथमिकतामा हकप्रद र दोस्रोमा मर्जरको लागि योजना बनाईएको छ । नेपाल लाइफ इन्स्योरेन्सलाई भने चुक्ता पुँजी वृद्धिको योजना पेश गर्नु पर्ने दवाव छैन् ।


प्रतिक्रिया दिनुहोस्