जीवन बीमाको बीमा शुल्क १ खर्ब नाघ्यो, एक चौंथाई नेपाल लाइफले ओगट्यो, अन्य कुनको कति ? « Arthapath.com
१३ बैशाख २०७९, मंगलवार

जीवन बीमाको बीमा शुल्क १ खर्ब नाघ्यो, एक चौंथाई नेपाल लाइफले ओगट्यो, अन्य कुनको कति ?



काठमाडौं । चालु आर्थिक बर्ष २०७८–७९ को चैत मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क १ खर्ब नाघेको छ । बीमा समितिको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको ९ महिनाको अवधिमा जीवन बीमा कम्पाीहरुले १ खर्ब २ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

९ महिनाको अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले २६ अर्ब ३७ करोड ३५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । तयस्तै, दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले १२ अर्ब ४५ करोड ६३ लाख रुपैयाँ, तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्सले १० अर्ब १३ करोड ४४ लाख रुपैयाँ, चौथोमा राष्टिय बीमा संस्थानले ६ अर्ब ९८ करोड ४१ लाख रुपैयाँ र पााँचौमा यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६ अर्ब १५ करोड ४६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
त्यस्तै, एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ५ अर्ब १३ करोड ३० लाख रुपैयाँ र मेट लाइफ इन्स्योरेन्स कम्पनीले ४ अर्ब ३ करोड ४० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

त्यस्तै, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ३ अर्ब ९० करोड ५२ लाख रुपैयाँ, प्राइम लाइफ इन्स्योरेन्सले ३ अर्ब ८९ करोड ४४ लाख रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले ३ अर्ब ६३ करोड ६९ लाख रुपैयाँ, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ३ अर्ब ३ करोड ८३ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले २ अर्ब ९९ करोड रुपैयाँ, ज्योति लाइफ इन्स्योरेन्सले २ अर्ब ६३ करोड ११ लाख, आइएमई लाइफको २ अर्ब ३८ करोड ८६ लाख, गुराँस लाइफ इन्स्योरेन्सले २ अर्ब ३३ करोड ३३ लाख रुपैयाँ, रिलायन्स लाइफ इन्स्योरेन्सले २ अर्ब ४ करोड ८३ लाख, सानिमा लाइफ इन्स्योरेन्सले १ अर्ब ७३ करोड २३ लाख, प्रभु लाइफ इन्स्योरेन्सको १ अर्ब ४७ करोड ९२ लाख र महालक्ष्मी लाइफ इन्स्योरेन्सले १ अर्ब ८ करोड १४ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ ।
यता चैत्र महिनामा मात्रै १९ जीवन बीमा कम्पनीहरुल १० अर्ब २२ करोड ५९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको बीमा समितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्