सूर्या लाइफले ब्यतित बीमालेखको पूर्नजागरण गर्दा लाग्ने ब्याजमा छुट दिने « Arthapath.com
२१ बैशाख २०७९, बुधबार

सूर्या लाइफले ब्यतित बीमालेखको पूर्नजागरण गर्दा लाग्ने ब्याजमा छुट दिने



काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यतित बीमालेखको पूर्नजागरण गर्दा लाग्ने ब्याज छुट दिने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै उक्त ब्याज छुट दिने जनाएको हो ।

कम्पनीबाट जारी भई विभिन्न कारणले तोकिएको समयमा बीमाशुल्क बुझाउन विलम्ब भई ब्यतित भएका बीमालेखहरुमा बैशाख २१ गतेदेखि जेठ ३१ गते सम्म तोकिएको सबै प्रक्रिया पुरा गरी पूर्नजागरणको ब्यवस्था गराएमा लाग्ने ब्याजमा छुट दिने भएको हो । ब्यतित जीवन बीमालेखले जोखिम बहन नगर्ने हुँदा समयमै बीमालेखको बीमा शूल्क भुक्तानी गरी ब्याज छुट लिन कम्पनीले अनुरोध गरेको छ ।

साथै अन्तिम बीमा शुल्क भुक्तानी गरेको मितिले २ वर्षदेखि ब्यतित भएका बीमालेखमा ३५ प्रतिशत ब्याज मिनाहा गरिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्