सिद्धार्थ इन्स्योरेन्सले गर्यो एउटै कम्पनीलाई ९ करोड दाबी भुक्तानी  « Arthapath.com
२१ बैशाख २०७९, बुधबार

सिद्धार्थ इन्स्योरेन्सले गर्यो एउटै कम्पनीलाई ९ करोड दाबी भुक्तानी 



काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड क्षति वापतको बीमा रकम भुक्तानी गरेको छ । गत वर्ष बेमौसमी वर्षाका कारण देशभरका विभिन्न स्थानमा ठूलो क्षति गरेको थियो ।

बर्सातको कारणबाट महाकाली नदिमा आएको बाढीले कञ्चनपुरको भिमदत्त–१२ ओदाली स्थित निर्माणाधीन ६ लेनको सडक, मनोरञ्जन पार्कको निमित्त बनेका पोखरीका संरचना र ४ लेनको पक्की पुलको पहुँच मार्गमा ठूलो क्षति पुर्याएको  थियो । उक्त परियोजनाको सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा ठेकेदारको सम्पूर्ण जोखिम बीमा भएकोले मूल्यांकनकर्ताबाट मूल्यांकन भइ कायम भएको क्षति वापतको बीमा रकम ८ करोड ९७ लाख ९८ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको हो । 

इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरेन्द्र वैदवार क्षेत्रीले बिमित श्री कुमार–सी एफइसी जे–भी का प्रतिनिधि सुशील कुमार श्रेष्ठलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । 

चालु आर्थिक वर्ष २०७८–७९ को हालसम्म कम्पनीले ७ हजार ८२८ वटा दाबी फछर्यौट गरी १ अर्ब ७ करोड ६० लाख २६ हजार ९४८ रुपैयाँ तथा अग्रिम दावी वापत विभिन्न दावी कर्ताहरूलाई  ८ करोड रुपैयाँ भुक्तानी गरी जम्मा १ अर्ब १५ करोड ६० लाख २६ हजार ९४८ रुपैयाँ भुक्तानी गरेको छ । फर्छ्यौट गर्न बाँकी दाबीको संख्या ३ हजार ८५७ (कोरोना दावी वाहेक) रहेको र सो वापत भुक्तानी गर्नु पर्ने रकम १ अर्ब १६ करोड ७ लाख ६२ हजार ५९५ रुपैयाँ रहेको छ । 

छिटो छरितो दाबी फर्छ्यौट  गर्ने कम्पनीको लक्ष्य अनुरूप बाँकी रहेका दाबी यथाशीघ्र फछ्र्यौट गरी दाबी रकम भुक्तानी गर्न कम्पनी क्रियाशील रहेको र बीमा दाबी गर्ने बिमितहरूले दाबीसँग सम्बन्धित कागजातहरू सर्भेयर वा कम्पनीमा बुझाई  दाबी फर्छ्यौट कार्यमा सहयोग गर्न कम्पनीले अनुरोध गरेको छ । 


प्रतिक्रिया दिनुहोस्