एभरेष्ट इन्स्योरेन्सका शेयरधनी मालामाल ! « Arthapath.com
१६ असार २०८२, सोमबार

एभरेष्ट इन्स्योरेन्सका शेयरधनी मालामाल !



काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको २७ औं वार्षिक साधारण सभा बैशाख २१ गते अग्रवाल भवन, कमलपोखरी काठमांडौमा सम्पन्न भएको छ ।

इन्स्योरेन्स कम्पनीको सभाले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३१५८ प्रतिशत नगद गरी कूल ६.३१५८ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ ।

साथै, सभाले कम्पनीको चुक्ता पूँजी बृद्धि गरी ३ अर्ब पुर्याउने प्रस्ताव पारित समेत गरेको हो । यता निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी संचालक समितिलाई दिइएको सम्पूर्ण अधिकारलाई निरन्तरता प्रदान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्