बीमा क्षेत्रमा पहिलो मर्जर: हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले गरे एमओयु « Arthapath.com
२२ बैशाख २०७९, बिहीबार

बीमा क्षेत्रमा पहिलो मर्जर: हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले गरे एमओयु



काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स बीच मर्जर हुने भएको छ । दुवै इन्स्योरेन्स कम्पनीबीच मर्जर गर्न सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

दुवै कम्पनीबीच भएको सम्झौतालाई बीमा समितिमा स्वीकृतिका लागी पठाउने हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजय बहादुर शाहले जानकारी दिए ।

हाललाई मर्जर गर्ने सम्झौता मात्रै भएको र बीमा समितिले स्वीकृति दिएको २ महिनाभित्र एकीकृत कारोबार गर्ने उनले बताए । ‘बीमा समितिले शैद्धान्तिक स्वीकृतिले दिएपछि डीडीए गरिन्छ ।’ उनले भने, ‘२ महिनामा गर्ने भनिएको छ । साउन देखि एकीकृत कारोबार गर्ने तयारी छ ।’

कति स्वाप रेसियो, नाम के राख्ने, सीईओ र अध्यक्ष को बन्ने बारे कुनै पनि कुरा उल्लेख नभएको उनले बताए । बीमा समितिको निर्देशनमा केही उल्लेख नभएकाले हाललाई सम्झौता मात्रै गरिएको जनाएको छ । बीमा समितिको स्वीकृतिपश्चात मर्जर कमिटीको बैठक बस्ने र सोही बैठकले सबै कुरा तय गर्ने छ ।

एभरेष्ट इन्स्योरेन्स कम्पनीका अध्यक्ष राजिव सापकोटा र हिमालयन जनरल इन्स्योरेन्सका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठविच मर्जरकाे लागी एमओयु पत्रमा सम्झौता भएकाे हाे ।

पछिल्लो समय बीमा समितिले पूँजी वृद्धि गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको थियो । बीमा समितिले बीमा कम्पनीको पूँजी वृद्धि गर्न गत चैत १० गते निर्देशन दिएको थियो । जीवन बीमा कम्पनीलाई न्यूनतम ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई न्यूनतम २ अर्ब ५० करोड रुपैयाँ पूँजी पुर्याउन बीमा समितिले निर्देशन दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्