एभरेष्ट इन्स्योरेन्सको संचालकमा ५ जना निर्वाचित « Arthapath.com
२३ बैशाख २०७९, शुक्रबार

एभरेष्ट इन्स्योरेन्सको संचालकमा ५ जना निर्वाचित



काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालकमा ५ जना निर्वाचित भएका छन् । इन्स्योरेन्सको २७औं वार्षिक साधारण सभाले संचालक नियुक्त गरेको छ ।

इन्स्योरेन्सले संस्थापक समूहबाट राजीब सापकोटा, भुवल राई, अन्जिला बिष्ट र सर्वसाधारण समूहबाट राम प्रसाद खनाल, हेमराज थापा गरि ५ जना संचालक निर्वाचित गरेको हो ।

इन्स्योरेन्स कम्पनीको सभाले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३१५८ प्रतिशत नगद गरी कूल ६.३१५८ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ ।


प्रतिक्रिया दिनुहोस्