यूनियन लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, ६ जना संचालक निर्विरोध निर्वाचित, सीईओ पुन नियुक्त प्रस्ताव पारित « Arthapath.com
२३ बैशाख २०७९, शुक्रबार

यूनियन लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, ६ जना संचालक निर्विरोध निर्वाचित, सीईओ पुन नियुक्त प्रस्ताव पारित



काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स लिमिटेडको चौंथो वार्षिक साधारण सभा आज (बैशाख २३ गते) टाइगर प्यालेस रिसोर्ट भैरहवामा सम्पन्न भएको छ ।

इन्स्योरेन्स कम्पनीको सभाले संचालक समितिको आर्थिक् बर्ष २०७६–७७ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित, आर्थिक बर्ष २०७६–७७ को लेखापरिक्षकको प्रतिवेदन, वासलात तथा नाफार नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र सो सम्वन्धि अनुसूचिहरु तथा नेपाल वित्तीय प्रतिवेदन मान एनएफआरएस बमोजिम तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी पारित, लेखापरीक्षण उपसमितिको सिफारिस बमोजिम आर्थिक बर्ष २०७७–७८ को लागि बाह्य लेखा परीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक (कम्पनी ऐन बमोजिम वाहलवाला लेखापरीक्षक श्री एलएसपी एसोसिएट्स चाटर्ड एकाउन्टेण्टस् पूनः नियुक्ति हुन सक्नु हुने छैन) निर्धारण गर्ने प्रस्ताव पारित गरेको हो ।

कम्पनीको संस्थापक समुहबाट जीवन कुमार अग्रवाल, सन्दिप कुमार अग्रवाल, सुलभ अग्रवाल, सिमा गोल्छा र सर्वसाधारण समुहबाट सचिन आचार्य र सिताराम अग्रवाल गरि ६ जना संचालक निर्वाचित भएका छन् ।

निर्वाचन समितिले संस्थापक समुह तर्फबाट ४ जना र सर्वसाधारण समुहबाट दुई जना सञ्चालकहरुको निर्वाचनका लागि आह्वान गर्दा सर्वसाधारणल समुह तर्फ चार जनाको उम्मेदवारी परेको थियो । प्रमुख कार्यकारी अधिकृतको पुनः नियुक्तिको अनुमोदन गर्ने ा प्रस्ताव समेत पारित गरेको छ ।

त्यस्तै, कम्पनीले सामूहिक लगानी कोष संचालन गर्ने र सो को स्थापनार्थ प्रबन्धपत्रमा उद्देश्य थप गर्ने, यस कम्पनी तथा अन्य जीवन बीमा कम्पनीबीच एक आपसमा मर्ज हुने (गाभ्ने–गाभिने), प्राप्ती गर्ने (एक्विजिशन) गर्ने प्रयोजनको लागि आवश्यक सम्पर्ण प्रक्रियागत प्रकयाहरु अवलम्बन गरी मर्ज हने (गाभ्ने–गाभिने), प्राप्ती गर्ने (एक्विजिशन) गर्ने कार्यको लागि संचालक समितिलाई अख्तियारी दिने, कम्पनीको बिस्तृत लेखापरीक्षण (डिडिए) गर्नको लागि लेखापरीक्षक (मुल्यांकनकर्ता) नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने कार्यको लागि संचालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र नियमावलीमा भएको संसोधनमा सम्बन्धित नियमनकारी निकायहरुले कुनै फेरबदल, संसोधन एवं परिमार्जन गर्नको लागि सुझाव दिएमा सोही अनुरुप आवश्यक फेरवदल, संसोधन एवं परिमार्जन गर्नको लागि संचालक समितिलाई अख्तियारी दिने र कम्पनी ऐनको दफा १०५ को (१) (ग) बमोजिम आर्थिक बर्ष २०७६–७७ मा भएको खर्चको अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरेको हो ।

उक्त बार्षिक साधारण सभामा संचालक समितिका अध्यक्ष शुलभ अग्रवालले मन्तब्य राख्दै आगामी दिनमा कम्पनीको कामकारवाही तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाई कम्पनीको ब्यवसाय विस्तार गर्ने र शेयरधनीहरुको चाहना अनुसार कार्यसम्पादन स्तर उच्च स्तरमा बृद्धि गर्ने बताए । यसैगरी संचालक संदिप कुमार अग्रवालले शेयरधनीहरुलाई उच्च प्रतिफल प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको बताए । यस्तै प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले आगामी दिनमा कम्पनीको कामकारवाहीलाई प्रभावकारी बनाई नयाँ उचाईमा पुयाउने बताए ।

इन्स्योरेन्स कम्पनीले साधारणसभा प्रयोजनार्थ २०७९ बैशाख १३ गते बुक क्लोज गरेको हुदाँ बैशाख १२ गतेसम्म नेप्सेमा कायम शेयरधनीले मात्रै साधारणसभामा सहभागि भएका थिए ।


प्रतिक्रिया दिनुहोस्