शिखर इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने समयावधि थप « Arthapath.com
२६ बैशाख २०७९, सोमबार

शिखर इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने समयावधि थप



काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडलेको अवितरित हकप्रद शेयरमा आवेदन दिने समय भथ गरेको छ । इन्स्योरेन्स कम्पनीले सर्वसाधारण तर्फको ७७ हजार ७२०.८८ कित्ता शेयर बिक्रीमा आवेदन दिने आज (बैशाख २६ गते) अन्तिम दिन भनेकोमा बैशाख २० गते सार्वजनिक बिदा परेको हुदाँ एक दिन अवधि थप गरी बैशाख २७ गतेसम्म कायम गरिएको कम्पनीले जनाएको हो ।

इन्स्योरेन्स कम्पनीले चैत १ गतेदेखि चैत्र २१ गतेसम्म १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयर अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो । इन्स्योरेन्स कमपनीले १ सय रुपैयाँ अंकित दरका ५२ करोड ७५ लाख ५७२ रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।

अवितरित हकप्रद शेयरको मूल्य १ सय रुपैयाँ तोकिएको हुँदा सो वा सो मूल्यभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्नुपर्नेछ । इन्स्योरेन्स कम्पनीको शेयरमा न्यूनतम १ सय कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

इन्स्योरेन्सको शेयरको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । उक्त शेयरमा एनआईबिएल एस क्यापिटल लाजिम्पाट काठमाडौं, तथा शाखा कार्यालयहरु पुथलिसडक काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुंगा पोखरा, ट्राफिक चोक बुटवल, आदर्शनगर विरगञ्ज र गोल्छाचोक विराटनगर बाट आवेदन दिन सकिन्छ । साथै नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालयहरु नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढीबाट पनि आवेदन पेश गर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्