नेपाल इन्स्योरेन्सको खुद नाफा १७ करोड ९४ लाख « Arthapath.com
२९ बैशाख २०७९, बिहीबार

नेपाल इन्स्योरेन्सको खुद नाफा १७ करोड ९४ लाख



काठमाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा ५.४९ प्रतिशतले बढेर १७ करोड ९४ लाख ६२ हजार रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीको कुल बीमा शुल्क २१.०३ प्रतिशतले बढेर १ अर्ब १७ करोड २१ लाख २२ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको कुल बीमा शुल्क ९६ करोड ८४ लाख ३२ हजार रुपैयाँ रहेको थियो ।

चैत मसान्तसम्मको अवधिमा कम्पनीको खुद बीमा शुल्क ३.३५ प्रतिशतले बढेर ६० करोड १३ लाख ३९ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्ँपनीको खुद बीमा शुल्क ५८ करोड १८ लाख ८५ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १३.८० प्रतिशतले घटेर १५ करोड २४ लाख ७० हजार रुपैयाँ, बीमा कोष २९.८० प्रतिशतले घटेर ६५ करोड ८३ लाख ८ हजार रुपैयाँ, जगेडा कोष ७.३६ प्रतिशतले बढेर ४३ करोड १३ लाख २२ हजार रुपैयाँ, ब्यवस्थापन खर्च ३९.९१ प्रतिशतले बढेर २४ करोड ५४ लाख १३ हजार रुपैयाँ रहेको छ ।

यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ४५ पैसा र प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ ७१ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्