व्यावसाय बढाउन हिमालयन रिको खाना पिना कार्यक्रम, अर्थमन्त्रीको छोरासहित को–को थिए ? « Arthapath.com
९ असार २०७९, बिहीबार

व्यावसाय बढाउन हिमालयन रिको खाना पिना कार्यक्रम, अर्थमन्त्रीको छोरासहित को–को थिए ?



काठमाडौं । विबादस्पद प्रक्रियाबाट लाइसेन्स हत्याएको हिमालयन रि इन्स्योरेन्सले व्यापार बढाउन बुधबार राजधानीको एक तारे होटलमा भव्य कार्यक्रम गर्याे ।

हालै नेपाल रि इन्स्योरेन्सले नेपालका सबै बीमा कम्पनीका सीईओहरुलाई बंगलादेशको ढाका लगेर घुमाएर ल्याएको केही साता नवित्दै हिमालयन रि ले होटल हायत रिजेन्सीमा खाना पिनाको आयोजना ग¥यो ।

भुकम्प र कोरोना जस्ता महामारीमा राष्ट्रप्रति उत्तरदायी महशुस गर्दै धेरै क्लेम तिरेको थियो नेपाल रिले । यी चुनौतीलाई पन्छाउँदै राजनितीक पहुँचको भरमा बीमा समितिले सरकारी कम्पनीको आधा व्यावसाय खोसेर निजी कम्पनीलाई दिएको थियो ।

हिमालयन रि इन्स्योरेन्स ले बुधबार साँझ अर्थसचिव मुधकुमार मरासिनीलाई प्रमुख अतिथी बनाएर आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माका छोरा प्रकाश शर्मा सहभागी भएका थिए । कार्यक्रममा अर्थसचिव सहभागी भएनन् भने बीमा समितिका अध्यक्ष सुर्यप्रसाद शिलवाललगायत कर्मचारीहरु सहभागी थिए ।

कार्यक्रममा आफ्नो पक्षमा समाचार लेख्ने संचारमाध्यामलाई मात्र इन्ट्री गराइएको थियो । कार्यक्रममा सबै इन्स्योरेन्सका सीईओहरुलाई टोकन अफ लब वितरण गरिएको थियो । पछिल्लो समय अर्थमन्त्रीको ज्वाई हिमालयन रिको कर्मचारी भएवापत आधा व्यपार अर्थमन्त्रीकै दबावमा दिइएको थियो ।

Tags :

प्रतिक्रिया दिनुहोस्