निर्जीवन बीमामा अर्काे मर्जर, सिद्धार्थ र प्रिमियरले गरे एमओयू « Arthapath.com
२७ असार २०७९, सोमबार

निर्जीवन बीमामा अर्काे मर्जर, सिद्धार्थ र प्रिमियरले गरे एमओयू



काठमाडाैं । निर्जीवन बीमा कम्पनीमा दाेस्राे मर्जर सुरू भएकाे छ । बीमा समितिले बीमा कम्पनीहरूकाे चुक्ता पुँजी साँढे दुई गुणा बढाउने बताएसँगै बीमा कम्पनीहरू धमाधम मर्जरमा अघि बढेका छन् ।

साेमबार सिद्धार्थ इन्स्याेरेन्स कम्पनी र प्रिमियर इन्स्याेरेन्स कम्पनीविच मर्जर गर्ने सहमती भएकाे सिद्धार्थ इन्स्याेरेन्स कम्पनीका सीईओ बिरेन्द्र बैदवारले बताए ।

यसअघिनै पहिलाे मर्जर हिमालयन र एभरेष्ट इन्स्याेरेन्सविच एकिकृत काराेबार आगामी साउन १ गते हुनेछ । निर्जीवन बीमा क्षेत्रमा याे दाेस्राे मर्जर हुनेछ ।

साेमबार साँझ मर्जर गर्ने सहमती पत्रमा हस्ताक्षर भएकाे हाे । अव दुई कम्पनीकाे डिडिए गरेर स्वाप रेस्याे तय हुने बैदवारले बताए । केेेेेडिया ग्रुपकाे मुख्य लगानी रहेकाे सिद्धार्थ इन्स्याेरेन्स र गैर आवसिय नेपालीकाे मुख्य लगानी रहेकाे प्रिमियर इन्स्याेरेन्सविच मर्जर गर्ने तयारीका साथ अघि बढेका हुन् । प्रिमियर सानिमा जनरल इन्स्याेरेन्ससँग मर्जरमा जाने हल्ला चलेकाे थियाे ।

सिद्धार्थको चुक्ता पूँजी १ अर्ब २८ करोड छ भने प्रिमियरको १ अर्ब २२ करोड रहेको छ । यदि दुई कम्पनी १:१ स्वापमा मर्जर भएमा चुक्ता पूँजी २ अर्ब ५० करोड पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्