नेपाल इन्स्योरेन्सको आइएमई समूहको सेयर किनेर पुडेन्सियलसँग मर्ज गराउने विशाल ग्रुपको तयारी  « Arthapath.com
२८ असार २०७९, मंगलवार

नेपाल इन्स्योरेन्सको आइएमई समूहको सेयर किनेर पुडेन्सियलसँग मर्ज गराउने विशाल ग्रुपको तयारी 



काठमाडौं । बीमा क्षेत्रमा अर्को मर्जरले पनि आज भोलीनै सार्थकता पाउने भएको छ । आइएमई समुहले आफ्नो नाममा रहेको २१ लाख ५७ हजार ६१५ कित्ता प्रमोटर सेयर गत शुक्रवार विक्रीमा निकालेको छ । 

आइएमई समुहले सो सेयर खरिद गर्न चाहनुहुने साबिक संस्थापक सेयर धनीहरुलाई ३५ दिनभित्र प्रतिकित्ता ३ सय २५ रुपैयाँको दरले आशय पेस गर्न आग्रह गरेको छ । सो सेयर आइएमई समुहले नेपाल बैङ्कबाट किनेको हो । 

बीमा समितिले क्रस होल्डिङ भएका कम्पनीलाई मर्जर गर्न सुझाव दिएसँगै आइएमई समुहले आफ्नो होल्डमा रहेको आइएमई जनरल इन्स्योरेन्ससंग मर्जर गर्न छोडेर सेयर नै बेचेर बाहिरिने निर्णय गरेको हो । 

आइएमई समूहको करिब १७ प्रतिशत प्रमोटर सेयर किनेपछि विशाल ग्रुपले आफ्नो मुख्या लगानी रहेको पुडेन्सियल इन्स्योरेन्ससंग मर्जर गर्नेछ । पछिल्लो समय नेपाल इन्स्योरेन्समा विशाल ग्रुपले आफ्नो उपस्थिति बलियो बनाएको छ । नेपाल इन्स्योरेनसमा विशाल ग्रुपको १५ प्रतिशत लगानी रहेको छ । त्यसै अनुसार पुडेन्सियलको सीईओ रहेका विके महर्जनलाई विशाल ग्रुपको जोडमा सीईओ बनाइएको छ । 

संभवत आज नै नेपाल इन्स्योरेन्स र पुडेन्सियल इन्स्योरेन्सविच मर्जर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर हुनेछ । बीमा कम्पनी स्रोतले बताए अनुसार गत सोमबारै दुई कम्पनीबिच मर्जर गर्न सबै कुरा मिलिसकेको छ । सँगै अर्को कम्पनीसँग पनि मर्जर गर्ने चर्चा चलेको छ । 

आइएमई ग्रुपले विशाल ग्रुपलाई सेयर दिएबापत सूर्या लाइफमा रहेको विशाल ग्रुपको सेयर आइएमई ग्रुपलाई बेच्ने सहमति भएको चर्चा बजारमा छ । 

यी दुई कम्पनी १ः१ स्वापमा मर्जर भएमा २ अर्ब ५३ करोड चुक्ता पुँजी भएको कम्पनी बन्नेछ । बीमा समितिले तोकेको साँढे २ अर्ब पुँजी पुर्याउन समस्या पर्नेछैन ।  


प्रतिक्रिया दिनुहोस्