बीमा कम्पनी मर्जको लागी बिमा समितिको ताकेता, असार मसान्तसम्म प्रकृया थाल्नेले मात्र सुविधा पाउने

काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले १० चैत्र २०७८ मा चुक्ता पूँजी वृद्धि गर्नुपर्ने निर्णय गरेसँगै हाल बीमा कम्पनीलाई पूँजी वृद्धि गर्न ठूलै सकस नै परेको छ ।
जीवन कम्पनीहरुले चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुले साढे २ अर्ब रुपैयाँ चुक्ता पूँजी पर्याउन समितिले निर्णय दिएपछि बीमा कम्पनीहरु मर्जर गर्न बाध्य भएका छन् । बीमा कम्पनीहरु मर्जरका लागि राजी खुसी त थिएनन्, तर बेला बेलामा बीमा समितिले दबाव दिँदै आएपछि मर्जरका लागि तयारी भइरहेका छन् ।
बीमा कम्पनी असार मसान्तसम्म सम्बन्धित निकायमा आयकर ऐन अनुसार छुट तथा प्राप्तका लागि आवेदन दिन आग्रह गरेको छ । समितिले एक सूचना प्रकाशित गर्दै असार मसान्तसम्म छुट सविधामा दिने भएकाले सो अवधि भित्र आवेदन दिन भनेको हो ।
समितिले जारी बीमक दर्ता तथा बीमा ब्यवसाय संचालन सम्बन्धी निर्देशिका २०७३ को दफा ४ बमोजिम न्युनतम चुक्तापूँजी पुरा गर्न गाभ्ने, गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रियामा रहेका तथा इच्छुक बीमकहरुलाई प्रदान गरेको छुट तथा सुविधा दिने भनि जेठ २३ गते परिपत्र गरेकोमा सोहि बमोजिम असार मसान्त भित्र आवेदन दिन भनेको हो ।
