सगरमाथा–लुम्बिनी मर्जरमा स्वाप रेस्यो १००ः८० तय, अध्यक्ष लुम्बिनीलाई सीईओ सगरमाथा भागमा

काठमाडौं । बुधवार सबै कुरा टुङ्ग्याएर मर्जरमा बिहीबार बिहान एमओयू गरेका सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले सेयर कारोबार रोक्का राखिसकेका छन् ।
बिहीबार बिहान एमओयू गरेका दुई कम्पनीले एक रातमै डिडिए अघिको स्वाप रेस्यो पनि तय गरेका छन् । मर्जरमा सगरमाथाको १०० कित्ता सेयर बराबर लुम्बिनीको ८० कित्ता हुनेछ । यसले लुम्बिनीका लगानीकर्तालाई मालामाल भएको छ ।
लुम्बिनी इन्स्योरेन्स मर्जरपछि सीईओमा दाबी नगर्ने र सगरमाथाले अध्यक्षमा दाबी नगर्ने सहमति भएको स्रोतले जनाएको छ । लुम्बिनीमा हाल अध्यक्ष रहेका मनोहरदाश मूल वा अन्य सञ्चालकबाट अध्यक्ष बन्न सक्नेछन् । लुम्बिनीका सीईओ एन पि प्रधानको उमेरका कारण पनि अवकाश लिन लागेका छन् भने सगरमाथामा सीईओपछि व्यवस्थापनमा ग्याप रहेको छ ।
सगरमाथाको डेपुटी सीईओ रहेका एसके रावल गत कार्तिकमा पुडेन्सियल इन्स्योरेन्सको सीईओ बन्न छाडेपछि खालि रहेको छ । लुम्बिनीमा हाल २ जना डेपुटी सीईओ रहेका छन् । वरिष्मा साउद आचार्य र रमेशकुमार भट्टराई डेपुटी सीईओ रहेका छन् ।
मर्जरपछि कम्पनीको नाम सगरमाथा लुम्बिनी रहनेछ भने १००ः८० मा मर्जर हुँदा दुई कम्पनीको चुक्तापुँजी २ अर्ब ३८ करोड पुग्नेछ ।