प्रभु र महालक्ष्मी लाइफको एमओयू , नाम प्रभु महालक्ष्मी रहने, चुक्ता पुँजी ४ अर्ब १० करोड « Arthapath.com
३० असार २०७९, बिहीबार

प्रभु र महालक्ष्मी लाइफको एमओयू , नाम प्रभु महालक्ष्मी रहने, चुक्ता पुँजी ४ अर्ब १० करोड



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सविच आज मर्जर संबन्धी सम्झौता पत्रमा हस्ताक्षर हुनेछ । आज साँझ ६ बजे राजधानीको एक होटेलमा मर्जर संबन्धी सम्झौतामा दुवै कम्पनीका अध्यक्षले हस्ताक्षर गरेका छन् । 

१ महिनादेखि चलेको मर्जरले आज सार्थकता पाएको हो । सबैभन्दा कान्छो कम्पनी महालक्ष्मी लाइफले सर्वसाधारणमा आइपिओ जारी गरेको छैन । अहिले प्रभु लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब रहेको छ भने महालक्ष्मी लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब १०  करोड रहेको छ । १ः१ स्वापमा मर्जर गर्ने सहमति भएको छ । यसरी मर्ज हुँदा दुवै कम्पनीको चुक्ता पुँजी ४ अर्ब १० करोड पुग्नेछ । 

हालसम्म प्रभु लाइफले मात्र सर्वसाधारणमा आइपिओ जारी गरेकाले मर्जर प्रश्चात पब्लिकको हिस्सा कम हुनेछ । त्यसैले दुई कम्पनीले १५ प्रतिशत एफपिओ निष्कासन गर्नुपर्नेछ । मर्जरपछि अध्यक्षमा प्रभु लाइफबाट सुभाष अमात्य रहने सहमति जुटेको छ । सीईओमा भने महालक्ष्मीका रमेशकुमार भट्टराई रहनेछन् । 

मर्जरसंबन्धी सम्झौता बिहीबार होटल अलफ्ट ठमेलमा साँझ ६ बजे भएको हो । साथमा महालक्ष्मी लाइफका सीईओ भट्टराई र प्रभुका सीईओ प्रसाईं सहभागी थिए । मर्जरपछि नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रहने बताइएको छ । हाल प्रभुको १०० छन् भने महालक्ष्मीको ६७ ओटा मात्रै रहेका छन् । कर्मचारी सङ्ख्या करिब ५ सय पुग्ने जनाइएको छ । 


प्रतिक्रिया दिनुहोस्