कमजोर व्यवस्थापनको कारण कुनै बेला १ नम्बर रहेको एशियन लाइफको व्यापार खस्कँदो

काठमाडौं । आजभन्दा १० वर्ष पहिले एसियन लाइफ बीमा बजारमा चम्किएको थियो । नेपालको नम्बर १ कम्पनी बन्न सफल रहेको एसियन लाइफ अहिले निरन्तर ओरालो लागिरहेको छ ।
एसियन लाइफले आफूलाई १ नम्बर कम्पनी लेख्दै आएको थियो । बीमा बजारमा १० वर्ष अघि आधिपत्य जमाएको सो कम्पनीमा बीमा र बैङ्कमा आफ्ना परिवारका मान्छेको साटफेरले धारासायी हुने अवस्थामा पुगेको छ ।
तत्कालीन महालक्ष्मी फाइनान्समा सीईओ रहेका राजेश श्रेष्ठको २ कार्यकालपछि सञ्चालकहरूकै पारिवारिक नातेदार दिनेशलाल श्रेष्ठ २ वर्षअघि सो कम्पनी सम्हाल्न गएपछि कम्पनी ओरालो लागेको हो । दिनेशलाल यसअघि गुह्येश्वरी मर्चेन्ट फाइनान्समा २ कार्यकार सीईओ बनेर १ महिना पनि खाली नबसी एसियन लाइफमा सीईओ सम्हालेका हुन ।
बीमाको ज्ञानै नभएको व्यक्तिलाई बीमा समितिको अनुमतिमा कम्पनी सुम्पँदा एसियनका लगानीकर्ता निराश हुनुपर्ने भएको छ । जीवन बीमा कम्पनीको पछिल्लो समय खुलेको युनियन लाइफले छलाङ मारेको छ । युनियनले ८ अर्ब ९ करोड बीमा शुल्क सङ्कलन गर्दा धेरै पुरानो २०६४ सालमा खुलेको एसियन लाइफ ओरालो लागेको छ । जबकि युनियन लाइफ खुलेको ६ वर्ष मात्रै भयो ।
कुनै बेला बजारमा नम्बर एक बीमा कम्पनी ठहरिएको एसियन लाइफ धेरैपछि खुलेको युनियन लाइफभन्दा धेरै पछि परेको छ । एसियन लाइफले गत आवसम्ममा ७ अर्ब १७ करोड बीमा शुल्क सङ्कलन गर्दा नयाँ खुलेको सिटिजन लाइफ सातौँ स्थानमा आइपुगेको छ । सिटिजनले ५ अर्ब ४० करोड बीमा शुल्क सङ्कलन गरेको छ ।