१५ प्रतिशतले बढ्यो जीवन बीमा शुल्क, नयाँ कम्पनी अघिअघि पुराना पछिपछि « Arthapath.com
४ श्रावण २०७९, बुधबार

१५ प्रतिशतले बढ्यो जीवन बीमा शुल्क, नयाँ कम्पनी अघिअघि पुराना पछिपछि



काठमाडौं । जीवन बीमा कम्पनीहरूको बीमा शुल्कमा करिब १५ प्रतिसत वृद्धि भएको छ । गत आवको असार मसान्तसम्ममा जीवन बीमा क्षेत्रले १ खर्व ३९ अर्ब रुपैयाँ कुल बीमा शुल्क सङ्कलन गरेका छन् । 

अघिल्लो आर्थिक वर्षको तुलनामा १४.८७ प्रतिशतले बीमा शुल्क बढेको हो । देशको आर्थिक स्थिति नाजुक बन्दै गए पनि बीमा क्षेत्रले करिब १५ प्रतिशत ग्रोथ गरेको हो । १९ जीवन बीमा कम्पनीले गत आवमा १ खर्ब २१ अर्ब सङ्कलन गर्न सफल भएका छन् ।

गत वर्ष सबैभन्दा धेरै ३५ अर्ब ३५ करोड बीमा शुल्क आर्जन गर्दै नेपाल लाइफ अगाडी रहेको छ । उसको बीमा बजारमा हिस्सा एक चौथाइ रहेको छ । त्यस्तै १८ अर्ब २२ करोड सङ्कलन गर्दै एलआईसी दोस्रो नम्बरमा पुगेको छ । यी दुवै कम्पनीको प्रथम बीमा शुल्क भने घटेको छ । 

प्रथम बीमा शुल्क सङ्कलनमा अगाडी रहेको नेशनल लाइफ गत आवमा १४ अर्ब १३ करोड सङ्कलन गर्दै तेस्रो स्थानमा रहेको छ । उसले गत आवमा प्रथम बीमा शुल्क ४ अर्ब ५९ करोड रहेको छ भने नेपाल लाइफको प्रथम बीमा शुल्क ६ अर्ब ६८ करोड रहेको छ । एलआईसीको ३ अर्ब ११ करोड प्रथम बीमा शुल्क सङ्कलन गरेको छ । 

त्यस्तै राष्ट्रिय बीमा संस्थानको ८ अर्ब ४७ करोड छ भने पाँचौँ कम्पनीमा पछिल्लो समय खुलेको युनियन लाइफले छलाङ मारेको छ । युनियनले ८ अर्ब ९ करोड ग¥यो । एसियन लाइफले गत आवसम्ममा ७ अर्ब १७ करोड बीमा शुल्क सङ्कलन गर्दा नयाँ खुलेको सिटिजन लाइफ सातौँ स्थानमा आइपुगेको छ । सिटिजनले ५ अर्ब ४० करोड बिमा शुल्क सङ्कलन गरेको छ । 

त्यसै गरी मेट लाइफ ५ अर्ब २३ करोड, सूर्या लाइफ ४ अर्ब ९९ करोड, प्राइम लाइफ ४ अर्ब ८७ करोड, रिलायबल नेपाल लाइफ ३ अर्ब ९४ करोड, ज्योति लाइफ ३ अर्ब ८० करोड, आइएमई लाइफ ३ अर्ब ५३ करोड, सन नेपाल लाइफ ३ अर्ब ३६ करोड, रिलायन्स लाइफ ३ अर्ब १२ करोड, गुराँस लाइफ ३ अर्ब ८ करोड, प्रभु लाइफ २ अर्ब ३९ करोड, सानिमा लाइफ २ अर्ब २९ करोड र महालक्ष्मी लाइफको १ अर्ब ५९ करोड बीमा शुल्क सङ्कलन गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्