आइएमई लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष ५८ प्रतिशले वृद्धि, अधिकांश सूचकमा छलाङ « Arthapath.com
३१ श्रावण २०७९, मंगलवार

आइएमई लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष ५८ प्रतिशले वृद्धि, अधिकांश सूचकमा छलाङ



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार जीवन बीमा कोष ५८.५३ प्रतिशतले बढेर ४ अर्ब ७१ करोड ३१ लाख ८३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोष २ अर्ब ९७ करोड २९ लाख ६४ हजार रुपैयाँ रहेको थियो ।

असार महिनाको अन्तिमसम्म आइपुग्दा कम्पनीको खुद बीमा शुल्क ३ अर्ब ४४ करोड ८२ लाख ४१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन २ अर्ब ७३ करोड २८ लाख २७ हजार रुपैयाँ रहेको थियो । जुन अघिल्लो आर्थिक वर्ष भन्दा ५९.२३ प्रतिशतले बढी हो ।

कम्पनीको खुद नाफामा भने सामान्य घटेको छ । गत आर्थिक वर्षको अन्तिममा आइपुग्दा कम्पनीको खुद नाफा १.३४ प्रतिशतले घटेर १२ करोड ८६ लाख ५५ हजार रुपैयाँमा सिमित भएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा १३ करोड ४ लाख ९ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको जगेडा कोष ६२.६० प्रतिशतले बढेर ७७ करोड ६८ लाख १९ हजार रुपैयाँ, महाविपत्ती कोगा ६७ प्रतिशतले बढेर ८ करोड ६३ लाख १३ हजार रुपैयाँ, खुद दाबी भुक्तानी ४.३६ प्रतिशतले बढेर ८७ करोड ७० लाख ६४ हजार रुपैयाँ र ब्यवस्थापन खर्च १२.८५ प्रतिशतले बढेर ६० करोड ५७ लाख ४४ हजार रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ १९ पैसा र प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ६५ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्