एनएलजी इन्स्योरेन्सको मुनाफा साढे २३ करोड, खुद बीमा शुल्क कति ?

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफा १४.०४ प्रतिशतले बढेर २३ करोड ४५ लाख ३२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यसको नाफा २० करोड ५६ लाख ५० हजार रुपैयाँ रहेको थियो ।
लगानी कर्जा तथा अन्य आयबाट हुने आम्दानी घटेको छ । तर नोक्सानी व्यवस्था अघिल्लो वर्षको भन्दा कम गर्नु परेकोले यसको नाफामा वृद्धिमा सहयोग पुगेको हो । यस अवधिमा कम्पनीको खुद बिमा शुल्क आम्दानी ३.३८ प्रतिशतले बढेर असार मसान्तसम्म ७१ करोड ९ लाख ६६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद बीमा शुल्क आम्दानी ६८ करोड ७७ लाख ३ हजार रुपैयाँ रहेको थियो ।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब २ करोड ५० लाख ३१ हजार रुपैयाँ बीमा कोष रहेको कम्पनीको गत आर्थिक वर्षको सोहि अवधिमा उक्त कोष ११.४४ प्रतिशतले बढेर १ अर्ब १४ करोड २२ लाख ९७ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ३२ करोड ६६ लाख रुपैयाँ, रिजर्भ २६.६३ ले घटेर ३१ करोड ११ लाख रुपैयाँ, कुल बीमा शुल्क ११.८४ प्रतिशतले बढेर २ अर्ब ३७ करोड १० लाख ७२ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ६८ पैसा र प्रतिसेयर नेटवर्थ २१३ रुपैयाँ ४३ पैसा रहेको छ ।