प्रुडेन्सियल इन्स्योरेन्सको मुनाफा ३१ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ? « Arthapath.com
३१ श्रावण २०७९, मंगलवार

प्रुडेन्सियल इन्स्योरेन्सको मुनाफा ३१ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?



काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफा ३१.२७८ प्रतिशतले बढेर १५ करोड ७१ लाख ८४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यसको नाफा ११ करोड ९७ लाख रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको खुद बिमा शुल्क आम्दानी २६.६१ प्रतिशतले घटेर असार मसान्तसम्म ४३ करोड १५ लाख ९८ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ५८ करोड ८१ लाख रुपैयाँ थियो ।
समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब १८ करोड ६१ लाख रुपैयाँ, रिजर्भ ३.०५ प्रतिशतले घटेर २५ करोड ६४ लाख रुपैयाँमा, बिमा कोष १३.१७ प्रतिशतले बढेर ६७ करोड ५४ लाख रुपैयाँ जम्मा रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ३३ पैसा र प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ६८ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्