राष्ट्रिय बीमा कम्पनीको खुद नाफा ४७ करोड माथि लम्कियो, खुद बीमा शुल्क समेत आकाशियो « Arthapath.com
३१ श्रावण २०७९, मंगलवार

राष्ट्रिय बीमा कम्पनीको खुद नाफा ४७ करोड माथि लम्कियो, खुद बीमा शुल्क समेत आकाशियो



काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा ३१.४१ प्रतिशतले बढेर ४७ करोड ३४ लाख ९५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा ३६ करोड ३ लाख २८ हजार रुपैयाँ रहेको थियो ।

असार मसान्तसम्म आइपुग्दा कम्पनीको बीमा कोष ९.७४ प्रतिशतले बढेर २ अर्ब ६६ करोड ६५ लाख २७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको बीमा कोष २ अर्ब ४३ करोड १ लाख ८० हजार रुपैयाम्ँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी २६ करोड ६६ लाख ३५ हजार रुपैयाँ, जगेडा कोष ७.५२ प्रतिशतले बढेर ३ अर्ब ३८ करोड ५२ लाख ५९ हजार रुपैयाँ , खुद बीमा शुल्क ५२.१५ प्रतिशतले बढेर ३४ करोड ५३ लाख ८० हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक १७७ रुपैयाँ ५८ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १ हजार ३६९रुपैयाँ ६० पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्