लघुबीमा निर्देशिका: लघुबीमा कम्पनीले कम्तीमा ३० प्रतिशत आइपीओ जारी गर्नुपर्ने « Arthapath.com
७ भाद्र २०७९, मंगलवार

लघुबीमा निर्देशिका: लघुबीमा कम्पनीले कम्तीमा ३० प्रतिशत आइपीओ जारी गर्नुपर्ने



काठमाडौं । बीमा समितिले ‘लघबीमा संस्थापना तथा दर्ता सम्बन्धी निर्देशिका २०७९’ जारी गरेको छ । लघुबीमा सम्बन्धी निर्देशिका जारी भएसँगै अब लघबीमा कम्पनीहरुलाई लाइसेन्सको बाटो खुलेको छ ।

उक्त निर्देशिका अनुसार लघुबीमा कम्पनीको चुक्ता पुँजी समितिले तोके बमोजिमको हुने बताइएको छ । तर, समितिले चुक्ता पुँजी कति हुनुपर्छ भनेर हालसम्म तोकेको छैन । साथै, चुक्ता पुँजीको संरचनामा संस्थापक समूहको कम्तीमा ५१ प्रतिशत र सर्वसाधारणलाई बिक्रीका लागि खुला गरिएको कम्तीमा ३० प्रतिशत हुनु पर्ने व्यवस्था छ । साथै, कर्मचारीलाई चुक्ता पुँजीको ५ प्रतिशतसम्म छुट्याउनु पर्ने उक्त निर्देशिका उल्लेख छ ।

लघुबीमा कम्पनीहरुको कर्पोरेट कार्यालय काठमाडौं उपत्यका बाहिर स्थापना हुनुपर्नेछ । लघुबीमाको व्यवसाय गर्न लाइसेन्सका लागि शर्तहरु तोकी समितिले सूचना प्रकाशन गर्ने निर्देशिकामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्