७ ओटा लघुबीमाकाे लाइसेन्स प्रक्रिया अघि बढ्याे, पुँजी कम्तिमा ७५ कराेड चाहिने « Arthapath.com
१० भाद्र २०७९, शुक्रबार

७ ओटा लघुबीमाकाे लाइसेन्स प्रक्रिया अघि बढ्याे, पुँजी कम्तिमा ७५ कराेड चाहिने



काठमाडाैं । सरकारले फेरी जालझेल गरेर लघुबीमाकाे लाइसेन्स दिने भएकाे छ । बीमा समितिले शुक्रबार लघुबीमाकाे लाइसेन्सकाे लागी प्रश्ताव आह्वान गरेकाे छ ।

बीमा कम्पनी मर्ज गराएर सरकारले घुमाउराे बाटाेबाट ७ ओटा प्रदेशमा ७ ओटा लघुबीमा खाेल्ने तयारी गरेकाे हाे । लघुबीमाकाे पुँजी कम्तिमा ७५ कराेड हुने प्रकाशित आह्वानपत्रमा जनाइएकाे छ ।

सरकारले बजेटमार्फत लाघुबीमा संचालन गर्ने प्रश्ताव गरेकाे थियाे । बीमा समितिले ३ जिवन र ४ निर्जिवन गरी ७ ओटा लघुबीमालाई साइसेन्स दिने तयारी गरेकाे हाे ।

आजदेखी ३५ दिनकाेभित्र प्रश्ताव पेश गर्न बीमा समितीले ईच्चुकलाई आह्वान गरेकाे छ । प्रश्तावकर्ताले ७५ कराेड चुक्तापुँजीमध्ये कम्तिमा ३० प्रतिसत सेयर सर्वसाधारणलाई दिनुपर्ने जनाएकाे छ ।


प्रतिक्रिया दिनुहोस्