बैङ्क व्याजको भरमा जीवन बीमा कम्पनी, गत वर्ष ४ खर्ब ७३ अर्ब गरे लगानी

कुन जिवन बीमा कम्पनीको कुन क्षेत्रमा कति ?
काठमाडौं । तपाँईले जीवन बीमा गरे बापतको बुझाएको पैसा कहाँ लगानी भएको छ भन्ने जान्नु सबै बिमितको लागी आवश्यक विषय हो । नेपालमा बीमा व्यावसाय गरिरहेका १९ जिवन बीमा कम्पनीहरुले ४ खर्ब ७३ अर्ब ६३ करोड ३४ लाख ६२ हजार लगानी गरेको पाइएको छ ।
गत आवमा कम्पनीहरुले बीमा समितिले दिएको लागी निर्देशिका अनुसार जीवन बीमा कोष, जगेडा कोष, महाविपत्ति कोष तथा पुँजि समेतबाट गरी ४ खर्ब ७३ अर्ब ६३ करोड ३४ लाख ६२ हजारलगानी गरेको देखिएको छ ।
बीमा समितिले आइबतार प्रकाशित विवरण अनुसार बीमा कम्पनीको मुख्य आन्दानी बैंकमा राखेको निक्षेपको व्याजबाट कमाएको देखीन्छ । बीमा कम्पनीहरुले क, ख ग र पुर्वाधार विकास बैंकमा लगानी गरेका छन् । यी बैंक वित्तिय संस्थाका राखेको निक्षेपको व्याजबाट सबैभन्दा धेरै कमाएका छन् ।
कुल लागीको झण्डै एक तिहाई नेपाल लाइफको लगानी रहेको छ । नेपाल लाइफले एक खर्ब ४३ अर्ब ८७ लाख, दोस्रोमा एलआईसी नेपालको ७६ अर्ब, नेशनल लाइफको ४७ अर्ब, राष्ट्रिय बीमा संस्थानको ३७ अर्ब, एशियन लाइफको ३० अर्ब लगानी गरेको छ । मेट लाइफको २३ अर्ब, प्राइम लाइफको १८ अर्ब, गुराँस लाइफको १३ अर्ब, युनियन लाइफको १२ अर्ब, ज्योति लाइफको ८ अर्ब, सिटिजन लाइफको ८ अर्ब, रिलायबल लाइफको सात अर्ब, आईएमई लाईफको ६ अर्ब, रिलायन्स लाइफको ६ अर्ब, प्रभु लाइफको ५ अर्ब, सानिमा लाइफको ५ अर्ब, सन नेपाल लाइफको ५ अर्ब र महालक्ष्मी लाइफको पौने ५ अर्ब लगानी रहेको छ ।
Life-Karobar-2078_79_Bb