जीवन बीमा कम्पनीले ६७ खर्ब ७० करोड पोलिसी लोन वितरण गरे « Arthapath.com
१७ भाद्र २०७९, शुक्रबार

जीवन बीमा कम्पनीले ६७ खर्ब ७० करोड पोलिसी लोन वितरण गरे



काठमाडौं । गत आर्थिक बर्ष २०७८÷७९ मा जीवन बीमा कम्पनीहरुले हालसम्म ६७ अर्ब ७० करोड रुपैयाँ पोलिसी लोन वितरण गरेका छन् । बीमा समितिको तथ्यांक अनुसार कम्पनीहरुले बीमितहरुले खरिद गरेका पोलिसीलाई नै धितोमा राखि सो रकम बराबरको कर्जा वितरण गरेका छन् । त्यस्तै, कम्पनीहरुले पोलिसी लोन मार्फत पाँच अर्ब ९८ करोड रुपैयाँ आम्दानी गर्न सफल भएका छन् ।
बीमा कम्पनीहरुले बीमितहरुलाई उनीरुले खरिद गरेको पोलिसीलाई नै धितोमा राखी कर्जा दिने गरेका छन् । यसका कम्पनी तथा बीमा पोलिसी अनुसार भिन्न भिन्न व्यवस्था गरिएको छ । अधिकांश कम्पनीहरुले बीमा पोलिसीको दुई पटक किस्ता भुक्तानी गरे पछि कर्जा दिने गर्छन् । यस्तो कर्जा बीमितले भुक्तानी गरेको बिमाशुल्कको अधिकत्तम ९० प्रतिशत दिने गरिन्छ । यस्तो कर्जाको ब्याज बजारमा बैंक तथा वित्तिय संस्थाले लिने गरे अनुसार तोकिएको छ ।

बीमा पोलिसी लोन बीमितको लागि सुविधायुक्त भए पनि कम्पन्ीको लागि भने घाटा हुने गरेको देखिन्छ । कतिपय बीमितले कर्जा लिएपछि भुक्तानी नगर्ने गरेको पाईन्छ । समितिको तथ्यांक अनुसार हालसम्म नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले २४ अर्ब ७६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । कर्जा बापत कम्पनीले दुई अर्ब ३८ करोड रुपैयाँ आम्दानी समेत गरेको छ ।

एलआईसी नेपालले भने १८ अर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । कर्जा बापत कम्पनीले एक अर्ब ६७ करोड रुपैयाँ आम्दानी गरेको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आठ अर्ब एक करोड रुपैयाँ पोलिसी धितो बापतको कर्जा वितरण गरेको छ । यस्तो कर्जा बापत कम्पनीले ६३ करोड रुपैयाँ आर्जन गरेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्