पुनर्बीमा कम्पनीको २६ अर्ब १८ करोड लगानी, कहाँ कहाँ गरे लगानी ?

काठमाडौ । गत आर्थिक बर्षमा नेपालमा सञ्चालित दुई पुनर्बीमा कम्पनीले २६ अर्ब १६ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन् । पब्लिक कम्पनीको प्राथमिक शेयर देखि लिएर कम्पनीहरुले वित्तिय संस्थाको मुद्धती निक्षेपमा कम्पनीहरुले लगानी गरेका छन् ।
बीमा समितिको तथ्यांक अनुसार नेपाल पुनर्बीमा कम्पनीले १८ अर्ब ७४ करोड रुपैयाँ लगानी गरेको छ । कम्पनीले नेपाल सरकारको बचतपत्रमा ३० करोड रुपैयाँ र बाणिज्य बैंकको मुद्धती निक्षेपमा १४ अर्ब रुपैयाँ लगानी गरेको छ ।
त्यस्तै सुचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा नौ करोड ४७ लाख रुपैयाँ लगानी गरेको छ भने वित्तिय संस्थाहरुको अग्राधिकार शेयरमा एक अर्ब ७३ करोड रुपैयाँ लगानी गरेको छ । म्युचअल फन्ट र नागरिक लगानी कोषमा नौ करोड ५१ लाख, विकास बैंकको मुद्धती खातामा एक अर्ब ४८ करोड लगानी गरेको छ । अन्यमा संस्थापक शेयरमा एक अर्ब, अन्य लगानी ७१ हजार रुपैयाँ लगानी गरेको छ ।
त्यस्तै, हिमालयन रि इन्स्योरेन्सले भने बाणिज्य बैंकको मुद्धती निक्षेपमा ६ अर्ब ५ करोड लगानी गरेको छ । वित्तिय संस्थाहरुको अग्राधिकार शेयर ५८ करोड ९० लाख रुपैयाँ लगानी गरेको छ ।
समितिले गरेको व्यवस्था अनुसार कम्पनीले नेपाल सरकारको बचतपत्रमा न्यूनत्तम ५ प्रतिशत र बाणिज्य बैंकको मुद्धती निक्षेपमा कम्तिमा ४० प्रतिशत लगानी गर्न पाउँनेछन् । त्यस्तै, समितिले नेपाल पूर्वाधार बैंकको मुद्धती निक्षेपमा कम्तिमा ४० प्रतिशत लगानी गर्नु पर्ने व्यवस्था गरेको छ ।
घरजग्गामा ५ प्रतिशत, सुचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा बढीमा १० प्रतिशत, सुरक्षित डिवेन्चरमा २० प्रतिशत, पब्लिक कम्पनीको डिवेन्चरमा २० प्रतिशत, कृषि, पर्यटन, जलस्रोत र पूर्वाधारमा बढीमा २० प्रतिशत, सामुहिक लगानी कोष र नागरिक लगानी कोषमा ५ प्रतिशत, विकास बैंकको मुद्धती खातामा २० प्रतिशत र वित्तिय संस्थाको मुद्धती निक्षेपमा १० प्रतिशत लगानी गर्न पाउँछन् ।