कोरोना बीमामा सरकारको राजनीति, चुनावको मुखैमा निकासा गर्यो १ अर्ब

काठमाडौं । सरकारले कोरोना दावी भुक्तानीका लागि १ अर्ब रुपैयाँ निकासा गर्ने भएको छ ।
विगत लामो समय देखि रोकिएको कोरोना बिमा रकम भुक्तानीका लागि सरकारले एक अर्ब रुपैयाँ निकासा गर्ने निर्णय गरेको हो । गत साता बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार अर्थ मन्त्रालयले बिमा समितिलाई एक अर्ब रुपैयाँ भुक्तानी गर्ने भएको छ ।
डेढ वर्षदेखि रोकिएको कोरोना बीमाको दावी भुक्तानी रकम गठवन्धन सरकारले चुनावको मुखैमा निकासा गरेको हो । गठनवन्धन सरकारले चुनावमा मतदाता प्रभावित पार्ने रणनीति अनुसार कोरोना बीमा रकम निकासा गरेको हो । सरकारले निर्वाचन अगावै दावी रकम भुक्तानी गरेपछि निर्वाचन आफ्नो पक्षमा पार्ने नियतले उक्त रकम निकासा गरेको हो ।
आफ्ना प्रतिवद्धताहरु पुरा गर्न नसकेको गठवन्धन सरकारले चुनावको मुखैमा कोरोना बीमा रकम निकासा गर्नु भनेको सेन्टीमेन्ट क्यास गर्नु मात्रै रहेको टिकाटप्पणी हुन थालेको छ ।
कोरोना बिमा दाबी बापतको करिब ११ अर्ब रुपैयाँ अझै भुक्तानी हुन सकेको छैन । नेपाल सरकारले आफनो दायित्व अन्र्तगतको रकम भुक्तानी नगरेपछि बीमा क्षेत्रकै विश्वसनियता घट्न थालेको थियो ।
बिमा समिति तथा बिमा कम्पनीहरुकाले बारम्बार ताकेता गर्दा पनि सरकारले भने वेवास्ता गर्दै आएको थियो । गठनबन्धन सरकारले मंसिर ४ गते हुने प्रदेश र संघको निर्वाचनमा असर पर्ने देखिएपछि कोरोना दावी रकम निकासा गरेको हो ।