आइएमई लाइफ इन्स्योरेन्सको साधारण सभा असोज २६ गते, यस्ता छन् एजेण्डा « Arthapath.com
२ आश्विन २०७९, आईतवार

आइएमई लाइफ इन्स्योरेन्सको साधारण सभा असोज २६ गते, यस्ता छन् एजेण्डा



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १४औं वार्षिक साधारण सभा असोज २६ गतेका लागि बोलाएको छ । भदौं ३० गते बसेको संचालक समितिको बैठकले सभा लैनचौर बैंङक्वेट काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

उक्त सभाले इन्स्योरेन्सको पूँजी वृद्धि गर्नेका लागि संस्थापक शेयरधनीहरुको हाल कायम रहेको चुक्तापूँजीमा शत प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव मूख्य एजेण्डा रहेको छ । साथै, सर्वसधारणका लागि आइपीओ जारी गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश गरीएको छ ।

त्यस्तै, सभाले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७८।०७९ को लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण समेत गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्