मुद्दति निक्षेपमा लगानी गर्दै नेपाल पुनर्बीमा कम्पनी, ब्याजदर प्रस्ताव आव्हान « Arthapath.com
६ आश्विन २०७९, बिहीबार

मुद्दति निक्षेपमा लगानी गर्दै नेपाल पुनर्बीमा कम्पनी, ब्याजदर प्रस्ताव आव्हान



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ ।

कम्पनीले आफ्नो लगानी योग्य रकम ‘क’ र ‘ख’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा एक वा दुई वर्षका लागि मुद्दति निक्षेपमा लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ र ‘ख’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले लिन चाहेको रकम र ब्याजदर उल्लेख गरि ७ दिनभित्र कार्यालय समयमा गोप्य शिलबन्दी पेश गर्न सक्नेछन् ।

कम्पनीले तोकेका कोटेशन सम्वन्धी फारम वेभसाइटमा राखिएको जनाएको छ । प्रस्तावको मान्य अवधि एक महिनाको हुनुपर्ने र केन्द्रीय कार्यालय बाहेक अन्य कार्यालयबाट प्राप्त भएको प्रस्ताव मान्य नहुने कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्