प्राइम लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ५० प्रतिशत ब्याज छुट दिने « Arthapath.com
६ आश्विन २०७९, बिहीबार

प्राइम लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ५० प्रतिशत ब्याज छुट दिने



काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितहरुलाई ब्यतित बीमालेखमा ब्याज छुट दिने भएको छ ।

कम्पनीले विभिन्न मितिमा बीमा गराई मिति २०७७ असोज ४ गतेदेखि व्यतित भएका बीमालेखहरुमा मिति २०७९ असोज ५ गतेदेखि कात्तिक ३० गतेसम्म पुनर्जागरण गर्दा लाग्ने ब्याजमा शर्तहरुको अधिनमा रही कुल ब्याजमा ५० प्रतिशत छुट प्रदान गर्ने भएको हो ।

ब्याज छुट गर्ने प्रयोजनका लागि दुई वर्ष अगाडि (मिति २०७७ असोज ४ गते) देखि व्यतित भएका बीमालेखहरुलाई मात्र समावेश गरिनेछ । साथै, यस किसिमको व्यतित बीमालेख पूनर्जागरण गर्दा दिइएको छुट सुविधा बीमा अवधिभर एक पटक मात्र प्रदान गरिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्