सिद्धार्थ इन्स्योरेन्सको कृषि तथा पशुपन्छी बीमा सचेतना कार्यक्रम सम्पन्न « Arthapath.com
६ आश्विन २०७९, बिहीबार

सिद्धार्थ इन्स्योरेन्सको कृषि तथा पशुपन्छी बीमा सचेतना कार्यक्रम सम्पन्न



काठमाडौं । कृषि ज्ञान केन्द्र चामे मनाङ्गको आयोजना र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको प्राविधिक सहकार्यमा कृषि तथा पशुपन्छी बीमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम मनाङ्गको चामेमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा मनाङ्ग जिल्लाको तीनवटा गाउँपालिकाबाट ४÷४ जना कृषकहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा मनाङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारी–रविन्द्र प्रसाद आचार्य, जिल्ला समन्वय समितिका प्रमुख– गंगाधर पौडेल, जिल्ला भेटनरी तथा पशु सेवा केन्द्र प्रमुखकोउपस्थिती रहेकोसो कार्र्यक्रममा सिद्धार्थ इन्स्योरेन्सका शाखा प्रमुख तथा कृषिवीमा इकाई प्रमुखले सचेतना मुलक प्रशिक्षण दिएका थिए ।

यो कार्यक्रमले कृषि तथा पशुपन्छीबीमाको प्रर्वधनमा टेवा पुग्ने कम्पनीले विश्वास लिएकोछ ।


प्रतिक्रिया दिनुहोस्