सन नेपाल लाइफ इन्स्योरेन्स छैटौं वर्षमा प्रवेश « Artha Path
६ आश्विन २०७९, बिहीबार

सन नेपाल लाइफ इन्स्योरेन्स छैटौं वर्षमा प्रवेश



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको ५ बर्ष पुरा गरी छैंटौं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा सामाजिक सेवा उत्तरदायित्व अनुरुप विभिन्न कार्यक्रमहरु संचालन गरेको हो ।

कम्पनीले देशैभरमा रहेका विभिन्न शाखा कार्यालयहरु मार्फत आयोजना गरेको बृहत् रक्तदान कार्यक्रमबाट कुल ५०८ प्रिन्ट रगत संकलन गरेको छ । त्यस्तै विभिन्न अस्तपाल र फरक क्षमता भएका बालबालिकाहरुलाई फलफूल तथा न्यानो कपडा वितरण गरेको छ ।

साथै सोही अवसरमा बिद्यार्थीसँग बीमाका कुरा कार्यक्रम अन्तर्गत देशका विभिन्न२० भन्दा बढी स्कूल कलेजका १००० भन्दा बढी बिद्यार्थीहरु माझ बीमासम्बन्धी चेतना कार्यक्रम संचालन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्