उत्कृष्ट शाखालाई सम्मान गर्दै सुर्या लाइफको सुदुरपश्चिम प्रदेश स्तरीय शाखा सम्मेलन सम्पन्न « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

उत्कृष्ट शाखालाई सम्मान गर्दै सुर्या लाइफको सुदुरपश्चिम प्रदेश स्तरीय शाखा सम्मेलन सम्पन्न



काठमाडौं । सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेश स्तरीय शाखा सम्मेलन सम्पन्न गरेको छ । कैलालीको अत्तरिया स्थित ग्रिन गोदावरी रिसोर्टमा इन्स्योरेन्सको शाखा सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनमा सुदुरपश्चिम प्रदेशका शाखाले गरेको ब्यबसाहिक अवस्थाको विश्लेषण गर्दै आगामी रणनीतिका विषयमा प्रस्ट्याउदै सबै शाखा प्रमुखहरुलाई वार्षिक लक्ष्य सहित लक्ष्य हासिल गर्न गर्नु पर्ने मुख्य मुख्य कार्यका सवालमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले उत्प्रेरित गर्दै सहजीकरण गरेका थिए ।

सुदुरपश्चिम प्रदेशमाका सबै शाखाका शाखा प्रमुखहरु उपस्थित रहेको उक्त सम्मेलनमा सुदुरपश्चिम प्रदेशमा उत्कृष्ट कार्य गर्ने शाखालाई सम्मान समेत गरिएको कम्पनीका अत्तरिया शाखा प्रमुख नरेश भट्टले जानकारी दिए ।

प्रदेश स्तरीय शाखा सम्मेलनमा प्रमुख अतिथि कम्पनीको प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का, विशिष्ट अतिथ वरिष्ठ महाप्रबन्धक मार्केटिङ हेड नरोत्तम ढकाल ,अतिथि पश्चिम मार्केटिङ प्रमुख शैलेस श्रेष्ठ र एबिएम रबिन्द्र हमालको उपस्थिति रहेको सम्मेलनको सभा अध्यक्ष सुदुरपश्चिम प्रदेश प्रमुख जगदिश प्रसाद भट्टले गरेका थिए । स्वागत मनतब्य अत्तरिया शाखा प्रमुख नरेश भट्टले राख्नु भएको थियो भने सम्मेलनको संचालन कम्पनीका महेन्द्रनगर शाखा प्रमुख राम दत्त भट्टले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्